समाचार

    Showing 21,791-21,800 of 26,755 items.
  • फलामको रड प्रहार गरि भतिजोको हत्या गर्ने काका पक्राउ

    झापा / धनुषामा आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका -५ बस्ने २८ वर्षीय रवी पासवान रहेका छन् । रविले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा  मृत्यु  भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 81 पटक पढिएको
  • पिकअप भेनको ठक्करबाट साइकल यात्रीको मृत्यु

    बिर्तामोड / सुनसरीमा भएको सवारी दुर्घटनामा परि  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका- ३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । सुनसरीको इटहरी उप- महानगरपालिका- १७ स्थित चतरा सडक खण्डमा को २ च ८४४ नम्बरको पिकअप भेनले साइकल यात्री  दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक सञ्जीव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 101 पटक पढिएको
  • पाँचथरमा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

    झापा / पाँचथरको फिदिम नगरपालिका -४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका -३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । माझीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जना

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 78 पटक पढिएको
  • राप्रपाका नेता मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा

    काठमाडौं / राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत उनले भोलि उम्मेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् । बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ कै तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलका बारेमा अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ । 

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 61 पटक पढिएको
  • आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ / भक्तपुरमा आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । बैतडी सिगास गाउँपालिका वडा नं -५ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं -९ बोडे बस्ने टेक बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको हो ।चन्दले आफ्नै घरमा काम गर्ने १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राज पाण्डेले जानकारी दिए । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 88 पटक पढिएको
  • सुनसरीको देवानगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु

    इनरुवा  / सुनसरीको देवानगञ्जमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार देवानगञ्ज गाउँपालिका –१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं. २ का उदितचन्द्र यादवको मृत्यु भएको हो । भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 60 पटक पढिएको
  • अर्काको नाममा ट्रायल परीक्षा दिन खोज्ने एक जना पक्राउ

    काठमाडौं / अर्काको नाममा गाडीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका -६ घर भएका २६ वर्षीय सविन अधिकारी रहेका छन् । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे गाडीको ट्रायल परीक्षा दिन लागेका अधिकारी मंगलबार दिउँसो पक्राउ परेका हुन् ।चन्द्रागिरी नगरपालिका -५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 103 पटक पढिएको
  • ७ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक पक्राउ

    बिर्तामोड / मोरङमा ७ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नैमा लेटाङ नगरपालिका -२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेको प्रहरीले जनाएको छ ।मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 84 पटक पढिएको
  • बुधबार प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको भाउ ९१ हजार एक सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ भने घटेको छ । मङ्गलबारको तुलनामा चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको हो । चाँदी प्रतितोला ११४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 76 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित झापाका बिभिन्न स्थानबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका -२ बस्ने २२ वर्षीय केबिन्द्र गोले , २७ वर्षीय गोम्बु दोर्जे गोले , र पाँचथरको फाल्गुनन्द गाउपालिका -५ का ३२  वर्षीय सन्त लिम्बू रहेका छन ।   मंगलबार बेलुका लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड -५ स्थित पाथिभरा टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।  लागूऔषध सहित पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.