समाचार

    Showing 21,851-21,860 of 26,755 items.
  • जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

    बिर्तामोड / सुनसरी धरान उपमहानगरपालिका -१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका -१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 132 पटक पढिएको
  • नुहाउने क्रममा खोलामा डुबेर मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिकामा रहेको त्रियुगा खोलामा डुबेर मृत्यु डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका -३ की २२ वर्षीया लक्ष्मी सदा रहेकी छिन् । मंगलबार दिउँसो सो खोलामा नुहाउन गएको अवस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 183 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

    बिर्तामोड / ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका -३ का २५ वर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलबार बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।यसैगरी झापाको अर्जुनधारा नगरपालिका- १० का २७ वर्षीय इन्द्र चेम्जोङको स्थानीय सेती

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 172 पटक पढिएको
  • सडक किनारामा सुतिरहेका माथि ट्रक गुड्दा चार जनाको मृत्यु, दुई घाइते

    एजेन्सी /  दिल्लीमा सडक छेउमा सुतिरहेकामाथि ट्रक गुड्दा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।डिभाइर नजिक सुतिरहेका उनीहरूमाथि ट्रक गुड्दा दुईको घटनास्थलमै मृत्यु भएको अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ट्रकको भने अहिलेसम्म पहिचान खुलेको छैन । दिल्ली सीमापुरीको डिटिसी डिपो रेड लाइट पार गर्ने क्रममा दुर्घटना भएको बिबिसी हिन्दीको समाचारमा उल्लेख छ ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 106 पटक पढिएको
  • माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु

    झापा / ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ वर्षीय बिक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको हो । सोमवार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको भन्ने मंगलबार बिहान खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका -१० का २७ वर्षीय इन्द्र चेम्जोङको स्थानीय सेती खोला

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 39 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

    बिर्तामोड / सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाको शिवसतासी नगरपालिका -१० सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किँदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ वर्षीय बलराम यादव र ईटहरी -१० की ३० वर्षीया गीता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।यसैगरी  सुनसरीको ईटहरी -९ मा पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 114 पटक पढिएको
  • राष्ट्रपतिद्वारा नागरिकता विद्येयक प्रमाणीकरण गर्न अस्वीकार

    झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । मंगलबार राति १२ बजेसम्म राष्ट्रपतिले उक्त विद्येयक प्रमाणीकरण नगरेपछि सो विद्येयक स्वतः निष्क्रिय बनेको हो ।राष्ट्रपतिले यसअघि नागरिकता विद्येयकका केही प्रावधान सच्याउन भन्दै संसद्मा फर्काएकी थिईन । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरी हुबहु पारित गरेपछि उनी असन्तुष्ट थिइन ।विद्येयक सभामुख अग्नि सापकोटाले गत भदौ २० मा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । तर, यो बीचमा भण्डारीले विभिन्न दलका नेता, कानुन व्यवसायी र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेकी थिईन ।तीमध्ये धेरैले राष्ट्रपति

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 111 पटक पढिएको
  • भारतीय दूधको आयात रोक्न माग

    चितवन / सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे ।आयातित दूधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनको

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 78 पटक पढिएको
  • नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

    काठमाडौँ /  नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको मङ्गलबारको सुनुवाइ स्थगित भएको छ ।संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्न मंगलबार पेसी चढाइएको थियो । तर, ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी चढेको भए पनि ‘हेर्न नम

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 84 पटक पढिएको
  • प्रसिद्ध रुसी अन्तरिक्ष यात्री पोल्याकोभको मृत्यु

    एजेन्सी  / सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको निधन भएको छ । अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको हो । कीर्तिमानी समय अन्तरिक्षमा बसेका उनले सन् १९९४-१९९५ को बीचमा ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका थिए। त्यहाँ उनले मंगल ग्रहमा लामो दूरीको यात्रा गर्नुपर्‍यो भने मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न सक्छन्–सक्दैनन् भन्ने अध्ययन गरेका थिए। उनको १४ महिनाको परीक्षणमा अन्तरिक्षमा बस्दा उनको कार्यशैलीमा कुनै असर पुगेन। रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको उनको मृत्यु भएको घोषणा गरेको हो। उनको मृत्युको

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.