समाचार

    Showing 21,921-21,930 of 26,755 items.
  • विशिष्ट ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम

    विराटनगर / १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा विशिष्ट ब्यक्तिको सुरक्षा तालिम उद्घाटन भई तालिम सञ्चालन भएको छ । आज (आइतबार) बिहान यस कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उद्घाटन गरेका हुन् । तीन कार्य दिन अवधिको विशिष्ट ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा विशिष्ट ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायब निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 89 पटक पढिएको
  • करेन्ट लगाई माछा मार्ने क्रममा झापामा तीन जनाको मृत्यु

    बिर्तामोड / झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।शनिबार अपरान्ह याङबरक गाउँपालिका –६ पाँचथर घर भई बुद्धशान्ति –२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली बुद्धशान्ति गाउँपालिका –३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।घाईते रसाइलीको स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोडस्थित बि.एन्ड. सी अस्पताल ल्याइपुर्याउन साथ मृत्यु भएको हो । यस्तै हल्दीबारी गाउँपालिका –५ का ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिबार भुतेनी खोला

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 114 पटक पढिएको
  • स्रोत नखुलेको १५ लाख नगद सहित २ जना पक्राउ

    बिर्तामोड / सर्लाहीको मलङ्गवा नगरपालिका -८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका -६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका -१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जना रहेका छन् । उनीहरूलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेको बा ९८ प ७१५८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपाल सहितको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्ब

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 153 पटक पढिएको
  • खैरो हिरोइन सहित मेचीनगरबाट २ जना पक्राउ

    बिर्तामोड / मेचीनगर नगरपालिका -६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने लेसाइलो पदार्थ १ ग्राम सहित २ जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका -१६ बस्ने ३७ वर्षीय युशुफ सुब्बा लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 85 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक स्थगित

    काठमाडौं / आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ ।राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 119 पटक पढिएको
  • मंसिर ४ गते हुने निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुल्ला

    काठमाडौँ / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खुलाएको छ ।नेपाल प्रहरीको प्रधान कार्यालयले १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । योग्य र नेपाली नागरिकले यहीँ भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि दरखास्त दिन सक्ने छन् ।म्यादीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्ने हुनुपर्छ । यसरी दरखास्त दिँदा रीतपूर्वक फारम भरी सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 138 पटक पढिएको
  • बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

    झापा / चितवनको माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका -२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो ।शनिबारदेखि हराएका अधिकारी आज बिहान ८ः ३० वजे मृत भेटिएका हुन् ।शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 141 पटक पढिएको
  • चोलेन्द्रसँग आज पनि बयान लिँदै महाभियोग सिफारिस समिति

    काठमाडौँ / महाअभियोग सिफारिस समितिले आज पनि आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बयान लिँदै छ । महाअभियोग सिफारिस समितिको बैठक मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्न लागेको हो ।आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची रहेको समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए ।समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको जवाफ दिइसकेका छन् । तर ,उनले प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरू र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन्।प्रधानन्यायाधीश राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ता

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • 54 पटक पढिएको
  • बजाज सोरुमद्धारा इलेक्ट्रोनिक अटो टेम्पो हस्तान्तरण

    विराटनगर  / इटहरी उपमहानगरपालिका –६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप आज एक कार्यक्रमको आयोजना गरी  सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा विद्युतीय अटो टेम्पो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 59 पटक पढिएको
  • आसन्न निर्वाचनका लागि चुनावी आचारसंहिता जारी गर्ने तयारीमा आयोग

    झापा / प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन नजिकिएसँगै निर्वाचन आयोगले चुनावी आचारसंहिता लगाउने तयारी गरेको छ । आगामी असोज २ र ३ गते समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने आयोगको कार्यतालिका छ । उम्मेदवारको सूची दर्ता पश्चात् असोजको पहिलो सातामा आचारसंहिता जारी गर्ने तयारी भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।यसैबीच, प्रत्यक्षतर्फको मनोनयन दर्ता असोज २३ गते गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यसूची अनुसार असोज २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन साँझ ५ बजे उम्मेदवारको

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.