समाचार

    Showing 21,961-21,970 of 26,755 items.
  • ब्राउन सुगरसहित दुई जना पक्राउ

    सुनसरी  / सुनसरीको धरान उप–महानगरपालिका –८ स्थितबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान –८ का ३९ बर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान –१५ का २९ बर्षीय बिनोद दर्नाल रहेका छन । बिहीबार अपरान्ह साढे ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटी समुह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । साथै प्रदेश १–०२–००३ ह १६४९ नम्बरको टेम्पो समेत नियन्त्रणमा लिइएको बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 90 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिकामा सरसफाइ अभियान सुरु

    बिर्तामोड / गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउने उद्देश्यले आजबाट झापाको बुद्धशान्ति गाउँपालिकामा सरसफाइ अभियान सुरु गरिएको छ । गाउपालिका अध्यक्ष मनोज प्रसाईँ ,उपाध्यक्ष भवानी प्रसाद खतिवडा प्रमुख प्रशासकीय अधिकृत युवराज  कट्टेल र गाउँपालिकाका अन्य कर्मचारीको संयुक्त सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।गाउपालिका परिसरमा भएको सरसफाइ कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रसाईँले आफ्नो पालिकालाई फोहोर मुक्त पालिका बनाउने र सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए । प्रत्येक महिनाको पहिलो शुक्रबार बिहान १० बजेबाट ११ बजे सम्म बुद्धशान्ति गाउपालिका मातहतका सबै कार्यलय

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 42 पटक पढिएको
  • सुनसरीमा नुहाउने क्रममा नहरमा डुबेर आमाछोरीको मृत्यु

    बिर्तामोड / सुनसरीको बराहक्षेत्र नगरपालिका -३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा २ जनाको डुबी मृत्यु भएको छ । हिजो बिहान पौने १० बजे नहरमा नुहाउने क्रममा बराहक्षेत्र ४ कि ३६ वर्षीया शोभा खडका र डिक बहादुर खड्काको १४ वर्षीया छोरी सलिना खड्का पानीमा डुबी बेपत्ता भएकोमा शोभा खड्कालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र पानीमा डुबी बेपत्ता भएकी सलिना खड्काको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुबी मृत अवस्थामा फेला परेको हो । घटना सम्बन्धम

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 133 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने

    काठमाडौँ / राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा नागरिकता विधेयकमाथि छलफल हुनेछ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।उक्त विधेयक माथिकाे हिजोको छलफलमा भाग लिएर सांसद जितेन्द्र नारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 73 पटक पढिएको
  • प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं / देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू- भागमा भू- क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोल

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 140 पटक पढिएको
  • बुधबार सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं / नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पहेँलो धातु सुनको भाउ ८ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 150 पटक पढिएको
  • ड्युटीमा रहेका प्रहरीलाई मोबाइल चलाउन प्रतिबन्ध

    झापा / ड्युटीमा रहेका प्रहरी कर्मचारीले मोबाइल फोन चलाउन नपाउने भएका छन् । मोबाइल चलाउँदा ड्युटीमा ध्यान केन्द्रित नहुने भएपछि कमाण्डरबाहेक अन्य प्रहरीलाई मोबाइल प्रयोगमा रोक लगाइएको हो ।नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रहरीले आफ्नो ड्युटी अवधिभर मोबाइल ‘साइलेन्स’ मोडमा राख्नुपर्ने छ । कुनै प्रहरी मोबाइल चलाइरहेको अवस्थामा भेटिए नियमावली बमोजिम कारबाही गरिने राईले बताए । सुरक्षा निकायका कर्मचारीले वाकीटकीमार्फत कुराकानी गर्ने गर्छन । तर, पर्याप्त वाकीटकी नभएकाले मोबाइल फोनबाट कुराकानी गर्नुपर्ने भएकाले ड्युटी अवधिभर फोन ‘साइलेन्स’ मा राख्न निर्देशन दिएको बताइएको छ ।&nbs

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 84 पटक पढिएको
  • यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष पक्राउ

    बिर्तामोड / १३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका -१२ का ५५ वर्षीय राजेन्द्र ढकाल रहेका छन् ।पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थिए ।पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी दीपक श्रेष्ठले बताए ।आरोपित ढकाल गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष हुन् । ढकालले एजुकेसन हेल्पलाइन नामक संस्था सञ्चालन गर्दै आएका छन् । 

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 179 पटक पढिएको
  • मतपत्र खरिद ठेक्का प्रकिया तत्काल रोक्न आयोगलाई अन्तरिम आदेश जारी

    काठमाडौँ / मतपेटिका छपाईको ठेक्कामा निर्वाचन आयोगले अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको भन्दै परेको मुद्दामा अदालतले उक्त कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले निर्वाचन अयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मतपेटिका छपाईको ठेक्का प्रक्रियामा सबै मापदण्ड र प्रक्रिया पूरा गरी सहभागी भएका छ कम्पनीमध्ये योग्यतम् कम्पनी ‘ग्यावियोनेट इन्भारोमेन्ट सोलुसन प्रालि’को तर्फबाट आयोगविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनवाई गर्दै उच्च अदा

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 87 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरि दम्पतीको बीभत्स हत्या

    झापा / रोल्पाको माडी गाउँपालिका -३ मा दम्पतीको हत्या भएको छ । परिवर्तन -२ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनीहरु तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए । हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको छ । उनीहरूको बीभत्स हत्या गरिएको डीएसपी घिमिरेले बताए । 

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.