समाचार

    Showing 21,971-21,980 of 26,755 items.
  • यस्तो छ आजको मौसम

    काठमाडौँ / हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक - दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती  प्रदेश १, गण्डकी प्रद

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 124 पटक पढिएको
  • राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ / राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका बस्न लागेको हो । संघीय संसद् सचिवालयका अनुसार बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।त्यस्तै बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 79 पटक पढिएको
  • निलम्बित प्रधानन्याधीश जबराको बयान आज पनि

    काठमाडौँ / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बुधबार सिंहदरबारमा जबराको बयान लिइरहेको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए। समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्। बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । 

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 136 पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

    बिर्तामोड / सुनसरीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उप- महानगरपालिका -६ का २३ वर्षीय ईशान बहादुर कार्की रहेका छन् । बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका ६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेको अवस्थामा उनका साथीहरूले फेला परेका थिए ।उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको हो । उक्त घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • 129 पटक पढिएको
  • नागरिकता विधेयक : विधायन समितिबाट पनि जस्ताको तस्तै पारित

    झापा  / राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । समितिका सदस्यहरूको बहुमतले कुनै संशोधनबिना विधेयक पारित गरेको हो ।विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरूमध्ये एमालेका तीन जनाले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत  दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरू यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 126 पटक पढिएको
  • १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

    काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । सो सहमतिसँगै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्नेबारे कार्यविधि तयार गरिरहेको छ ।मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरीले ४० दिन सरकारी सेवा गर्नेछन् । सो अवधिमा उनीहरूले तलब र रासनवापत ४१ हजार ९६० रुपैयाँ पाउँछन् । म्यादीलाई प्रहरी जवान बराबर रासन र तलब सुविधा उपलब्ध गराइने प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।म्यादी प्रहरीले गाडी भाडाबापत १ हजार रुपैयाँ भत्त

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 103 पटक पढिएको
  • ६ वस्तुको आयातमा खुल्ला , ४ वस्तुको आयात प्रतिबन्धमा कायमै

    काठमाडौं / सरकारले आयातमा प्रतिबन्ध लगाएका १० वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई भने निरन्तरता दिइएको छ ।कुरकुरे्कुरमुरे्लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, खेल्ने तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो ।सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लागेको प्रतिबन्ध कायमै छ ।सरकारका अनुसार असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ । आयात बढ्दै जाँ

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 206 पटक पढिएको
  • झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने ‘जिग्री’ को तयारी

    झापा / चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने भएका छन् ।कलाकार कट्टेलले आगामी ४ मङ्सिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं -५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका बताइएको छ । उनको उम्मेदवारीका लागि तयार पारिएको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा भने पुग नसकेको कलाकार कट्टेलले बताए । ‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरूसँग छलफलमा पनि छु’ कट्टेल

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 141 पटक पढिएको
  • प्रदेश नम्बर १ को बजेट अधिवेशन भदौ १७ गतेदेखि

    विराटनगर  /  प्रदेश नम्बर १ को बर्खे अधिवेशन शुक्रबार अर्थात भदौ १७ गतेदेखि सुरु हुने भएको छ ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार गत साउन २२ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशनको २५ औँ बैठक १७ भदौ शुक्रबारदेखि सुरु हुने भएको हो । सरकारले चालू अधिवेशनमै प्रदेशको नामकरण टुंगो लगाउने प्रतिबद्धता जनाए पनि दलहरूको खिचातानीले पहिलो कार्यकालको जारी अधिवेशनमा प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ । प्रदेश सभामा सरकारले पेस गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान र प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक विचाराधीन छन् । प्रदेश प्रज्ञा प्रतिष

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 283 पटक पढिएको
  • भन्सार छली गरि नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद

    बिर्तामोड  / मोरङको विराटनगर महानगरपालिका -१२ रोडशेष चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ ।हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बि आर ७ के १७२४ नम्बरको ट्रयाक्टरमा करिव ३७ लाख मूल्य बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउँदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको र अन्य अनुसन्धान कार

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 234 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.