समाचार

    Showing 21,981-21,990 of 26,755 items.
  • हात्तीको आक्रमणबाट बाह्रदशीमा एक जनाको मृत्यु

    बिर्तामोड / झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका -१ का ८० वर्षीय देवी बहादुर अधिकारी रहेका छन् । हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई  उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 206 पटक पढिएको
  • आज चोलेन्द्रसँग बयान लिँदै महाअभियोग सिफारिस समिति

    काठमाडौँ  / महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । बयानका लागि समितिले यसअघि नै जवराविरुद्धका प्रमाणहरू संकलन गरिसकेको छ ।  समिति सचिवालयका अनुसार सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाएको छ भने विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैँले संकलन गरेका प्रमाणहरूमा मुख्य गरी जबराको आचरण माथि प्रश्न उठाइएका छन् ।

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 102 पटक पढिएको
  • प्रदेश नं १ सहित केही स्थानहरूमा वर्षाको सम्भावना

    काठमाडौँ / आज दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।यसैगरी, राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको स

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 121 पटक पढिएको
  • विवाह गर्दै गोलकिपर किरण र एयरहोस्टेज कञ्चन

    काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमिका कञ्चन निरौलासँग भोलि बुधबार काठमाडौंमा विवाह गर्ने भएका छन् । यसअघि सोमबार मेहन्दी कार्यक्रम भएको छ । केही समयअघि किरणले कञ्चनलाई माल्दिभ्समा विवाह प्रस्ताव राखेका थिए ।  माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा किरणले लिगकै सर्वोत्कृष्ट गोलकिपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए । उनी आबद्ध क्लब माजियाका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए । त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइ

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 176 पटक पढिएको
  • अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

    झापा /  तीजको दिन सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर -१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी प्रहरी निरीक्षक खनालले बताए ।अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 158 पटक पढिएको
  • मोरङ -३ बाट रेखा थापाले उम्मेदवारी दिने

    काठमाडौँ / कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् ।राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ -३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ -३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने ।गत मङ्सिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।अब आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हु

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 332 पटक पढिएको
  • रोकिराखेको बसमा आगलागी

    झापा / पश्चिम नवलपरासीको सरावल गाउँपालिका -२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु १ ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डीएसपी भोजराज पाण्डेयले बताए । प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 182 पटक पढिएको
  • वार्षिकोत्सवको अवसरमा पत्रकार उपचार कोषलाई बिर्ता आयुर्वेदको सहयोग

    बिर्तामोड / बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पत्रकार सहारा उपचार कोषलाई १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्वदा भट्टराईले मंगलबार उक्त रकम प्रदान गरेकी हुन् , उक्त कार्यक्रममा अभियान नेपालका लागि विष्णु आचार्यलाई रु. ३५५५ र परोपकार बृद्धाश्रमलाई पनि रु. ३५५५  सहयोग प्रदान गरियो ।बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 352 पटक पढिएको
  • एसिया कप टी -२० क्रिकेट आज बङ्लादेश र अफगानिस्तान खेल्दै

    एजेन्सी / एसिया कप टी -२० क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दैछन् ।खेल यूएईको सारजाह क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दोस्रो र बङ्गलादेशले पहिलो खेल खेल्न लागेका हुन् ।प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।समूह ‘बी’ मा अफगानिस्तान, बङ्लादेश र श्रीलङ्का रहेका छन् । यसअघि भएको खेलमा श्रीलङ्कालाई ८ विकेटले हराएर अफगानिस्तानले र समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् ।भारतले भोलि हङकङसँग र पाकिस्तानले शुक्रवार हङकङसँग खेल्नेछ । बिहीवार श्रीलङ्का र

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 125 पटक पढिएको
  • मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

    काठमाडौँ / हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज हिजो जस्तै तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 143 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.