समाचार

    Showing 21,991-22,000 of 26,755 items.
  • बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हल्दिबारीका चित्र बहादुर पक्राउ

    बिर्तामाेड / झापाको हल्दिबारीबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका –३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरुङ रहेका छन् । चित्र बहादुरले बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेका भन्दै सोमबार बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले चित्र बहादुरलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।    

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 173 पटक पढिएको
  • उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

    काठमाडौं / निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आचारसंहिता २०७९ सार्वजनिक गरेको छ । आयोगले ‘स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन’ भन्दै सार्वजनिक निर्वाचन लक्षित आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो ।आचारसंहिता प्रकाशित भए पनि आयोगले तोकेको मिति र क्षेत्रमा मात्रै लागू हुनेछ । ‘आचारसंहिता कहिलेबाट लागू हुने र ?’ भन्ने तोकेको छैन । आचारसंहितामा प्रत्यक्षतर्फका उम्मेदवारले सम्पत्ति विवरण उम्मेदवार मनोनयन दर्ता गर्दा नै ‘शिलबन्दी’ गरी पेस गर्नुपर्ने उल्लेख छ । सम्पत्ति विवरण आयोगले उम्मेदवार निर्वाचित भएमा सार्वजनिक गर्न

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 195 पटक पढिएको
  • चट्याङ लागेर रौतहटमा तीन महिलाको मृत्यु

    रौतहट / चट्याङ लागेर रौतहटमा तीन जना महिलाको मृत्यु भएको छ । रौतहटको मध्यभाग गरुडा नगरपालिका –३ मलाही टोलको खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 92 पटक पढिएको
  • पौडी खेल्ने क्रममा मेची नदिले बगाउँदा भद्रपुरका भुजेलको मृत्यु

    बिर्तामोड / पौडी खेल्ने क्रममा मेची नदिले बगाउँदा बेपत्ता भएका एक युवा मृत फेला परेका छन । मृत फेला पर्नेमा भद्रपुर -३ रंगिला चोक बस्ने भुपाल भुजेलका छोरा १८ वर्षीय सामुएल  रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे चार बजेदेखि बेपत्ता भुजेललाई मंगलबार बिहान पौने नौ बजे मृत अवस्थामा फेला पारिएको हो । सामुएल भद्रपुर -४ स्थित  नर्सिङ बगान नजिक मेची नदिमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका भुजेललाई प्रहरी चौकी महेशपुरमा  खबर प्राप्त हुना साथ प्रहरी चौकी महेशपुर  र वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले खोजतलास गरेको थियो । मंगलबार बिहान भुजेलको श

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 223 पटक पढिएको
  • छात्रालाई दुर्व्यवहार गरेको आरोपमा नोबेल एकेडेमीका शिक्षक पक्राउ

    काठमाडौं / काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराई छन् । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित छात्राहरू अहिले सामूहिक रुपमा शिक्षकविरुद्ध उजुरी दिन प्रहरी कार्यालयमा पुगेका छन् । विद्यार्थीहरूले सोमबार बिहानैदेखि आरोपित शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए । कलेज प्रशासनले दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई निलम्बन गरी छानबिनका लागि प्रहरीलाई सघाउने जनाएको छ । आरोपित शिक्षकले छात्राहरूलाई अश्ल

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 138 पटक पढिएको
  • समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

    काठमाडौँ  / प्रतिनिधिसभाको सोमबारको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ। बैठकमा समितिका सभापति नीरादेवी जैरूले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गरेकी हुन्। ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पेस भएको छ।समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कुल ५३ बैठक भएको र संविधानमा

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 142 पटक पढिएको
  • स्रोत नखुलेको नगद सहित विराटनगरबाट एक पक्राउ

    बिर्तामोड / विराटनगर महानगरपालिका -१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका -३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेको प्रहरीले जनाएको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 207 पटक पढिएको
  • दुबईबाट काठमाडौं आएका लामा सुनसहित विमानस्थलबाट पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब ५ सय ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका -७ घर भई काठमाडौं महानगरपालिका -६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा  भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जना

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 187 पटक पढिएको
  • सोमबार सुन चाँदीको मूल्यमा गिरावट

    काठमाडौं / सोमबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य एक हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।हिजो छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजाबी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य एक हजार १६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 164 पटक पढिएको
  • विराटनगरमा पब्जी प्रतियोगिता , विजेतालाई ५० हजार पुरस्कार

    बिर्तामोड / पछिल्लो समय विश्व चर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता विराटनगरमा हुने भएको छ । आगामी भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ । एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षत्रीले जानकारी दिए । ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा आठ वटा खेल हुन्छ । एउटा खेल २५

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.