समाचार

    Showing 22,021-22,030 of 25,213 items.
  • ब्राउनसुगर सहित बिर्तामोडबाट २ जना पक्राउ

    बिर्तामोड / बिर्तामोडको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय प्रमोद शाह र मेचीनगर नगरपालिका-१ का ३९ वर्षीय ओम चौधरी रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो सयपत्री मार्ग स्थित श्याम सुन्दर प्रसाद राजबंशीको घरमा डेरा गरी बसेका शाहको  कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोबाइल सेट ७ थान समेत बरामद गरेको हो ।यस्तै चौधरीलाई लागूऔषध ओसार पसार भइरहेको भन्ने  सूचनाका आधारमा

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 58 पटक पढिएको
  • खोलामा डुबेर सङ्खुवासभामा एक बालकको मृत्यु

    झापा / सङ्खुवासभाको पाँचखपन नगरपालिका -३ मा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चन्द्रशेखर राईका १२ वर्षीय छोरा निश्चल राई रहेका छन । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 54 पटक पढिएको
  • जेठदेखि साताको दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म

    झापा / सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले परीक्षणका रूपमा भन्दै यस्तो निर्णय गरेको हो ।इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको कार्कीले बताए। सरकारले यसअघि आफू मातहतका का

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 70 पटक पढिएको
  • २ सय केजी गाँजासहित दुई जना पक्राउ

    झापा /  बाराको कलैया उपमहानगरपालिका-१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महतो र ३५ वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित सहित फेला पारी पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 59 पटक पढिएको
  • ट्याक्टरमा च्यापिए एक जनाको मृत्यु

    बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका-१० मा ट्याक्टरमा च्यापिएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय कृष्ण मुखिया रहेको प्रहरीले जनाएको छ । मंगलबार राती ११ बजे एक  को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिएर मुखिया घाईते भएका थिए । घाईते भएका मुखियाको स्थानीय अस्पतालमा उपचार पश्चात घर आएको र राति नै  मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 52 पटक पढिएको
  • आगो निभाउने क्रममा १ जनाको मृत्यु

    झापा / सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय जयराम सार्की रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साँढे ११ बजे जयरामको आफ्नै बाँस झ्याङमा सल्केको आगो  निभाउने क्रममा अचानक आफ्नै  शरीरमा आगो सल्किएर जयराम घाईते भएका थिए । घटनाको  जानकारी प्राप्त हुँनासाथ बिमानस्थल सुरक्षा गार्ड कांगेलबाट खटिएको प्रहरी टोलीले तत्काल उपचारको लागि धरान घोपा लादै गर्दा बाटोमा नै मृत्यु भएको  हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 60 पटक पढिएको
  • धरौटीमा रिहा भए विप्लवका दुई नेता

    बिर्तामोड /  विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा २०७६ साल असोज १६ गते पक्राउ परेका नेकपा विप्लव समूहका दुई नेता सोमबार धरौटीमा रिहा भएका छन् ।  तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा र नेकपाका नेता बालकुमार डाँगी रिहा भएका हुन् ।  उनलाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको थियो ।  अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए । डाँगी मोरङ बुढीगङ्गाका -७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन् । उनीहरूलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गर

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 100 पटक पढिएको
  • मोरङमा सवारी दुर्घटनामा परि चालकको मृत्यु

    बिर्तामोड / मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुढिगंगा-२ बगवनका ३० वर्षीय शोभा राजवंशी रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७- च २२६६ नम्बरको कारले पूर्वबाट हाइवे तर्फ जाँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थिए  । ठक्करबाट घाईते भएका राजवंशीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालक धनुषा जनकपुर-७ का २९ वर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटना सम

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 67 पटक पढिएको
  • ब्राउनसुगर सहित रतुवामाईबाट १ जना पक्राउ

    बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका - ३  नेपाल भारत सिमा छेउबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिस्चरे नगरपालिका-४ का ५३ वर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आँउदै गरेको  बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६ ८८ ग्राम ब्राउनसुगर बरामद गरी सिलवाललाई पक्राउ गरेको हो । पक्राउ परेका सिलवालको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 63 पटक पढिएको
  • जलथलबाट तीन थान भरुवा बन्दुकसहित एक पक्राउ

    विर्तामाेड / झापाको हल्दीबारीस्थित जलथलबाट इलाका बन कार्यालय जलथलको गस्ती टोलीले तीन थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको बनको टोलीले हल्दीबारी गाउँपालिका –५ का गुप्तबहादुर फागोको साथबाट तीन थान भरुवा बन्दुक फेला पारेको प्रमुख दीपकसेन भण्डारीले जानकारी दिए । बन्यजन्तु चोरी सिकार गर्नका लागि चार जनाको सङ्ख्यामा चारकोसे जङ्गल पुगेका उनीहरू बन कार्यालयको गस्ती टोली देखेपछि भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा एकजनालाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए । पक्राउ परेका फागोमाथि अनुसन्धान भइरहेको छ । फरार रहेका तीनजनाको पहिचान भइसकेको भण्डारीले बत

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 199 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.