समाचार

    Showing 22,071-22,080 of 26,755 items.
  • प्रतिनिधिसभाबाट स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

    झापा / मेट्रिक पद्धतिमा आधारित नाप तौलको स्टान्डर्ड कायम गरी प्रचलनमा ल्याउने व्यवस्था गर्न बनेको ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको  ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन ) विधेयक’ २०७८ पारित भएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक बहुमतले पारित गरेको हो ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडुले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 132 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

    झापा / पाँचथरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका ११ का देवी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।  बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 118 पटक पढिएको
  • बस्तु आयातमा हुन्डी र कालोधनको प्रयोग बढ्दै : मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न निर्देशन

    झापा / नेपाल राष्ट्र बैंकले मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न सम्बन्ध बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय बस्तु आयात गर्दा अवैधानिक तरिकाबाट भुक्तानी हुन थालेपछि राष्ट्र बैंकले टीटी वा एलसी खोल्ने अवस्थामै उक्त बस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्न सम्बन्ध बैंकहरूलाई निर्देशन दिएको हो ।राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धिकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी आयातको प्रक्रिया अपनाउन निर्देशन दिएको छ । साथै बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 121 पटक पढिएको
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बिर्तामोड / झापाको दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका- ४ निवासी ६८ वर्षीय राम जुलुम नायक रहेका छन् । गत साउन २७ गते बिहान पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ४ स्थित चिया दोकान नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं १-०४-००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।ठक्करबाट घाइते भएका स्कुटर चालक नायकलाई उपचारका लागी निम्स अस्पताल दमक लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 163 पटक पढिएको
  • नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसको कति ? (सूचीसहित)

    झापा / सरकारले नेपाल प्रहरीका सबै कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन एक गतेदेखि लागू हुनेगरि तोकिएको नयाँ तलबमानको सूची अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।  नयाँ तलबमान अनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ भने प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ कायम भएको छ ।  यस्तै नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ । अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारक

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 172 पटक पढिएको
  • मेचीनगरबाट ब्राउनसुगर सहित १ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ४ का ३३ बर्षीय सत्य नारायण याखा रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  याखाको साथबाट १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका याखाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 132 पटक पढिएको
  • पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु

    झापा / मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरूमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका- ६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ वर्षीय छोरा विवेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका- २ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका- ३ बस्ने ३६

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 206 पटक पढिएको
  • ट्रिपर दुर्घटना : २ जनाको मृत्यु

    झापा / उदयपुरको कटारी नगरपालिका- ८ कुरिभञ्याङमा आज बिहान ट्रिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कटारी नगरपालिका- ८ का ४५ बर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन् । कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रिपरमा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 122 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम

    बिर्तामोड / नेपाल प्रहरी श्रीमती संघको ३८ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम  सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा  भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गरेका थिए ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको समुद्घाटन गरेका हुन् । नेपाल प्रहरी श्रीमती संघले विगत देखि नै सामाजिक क्षेत्रमा विविध कार्यहरू गर्दै आइरहेको सन्दर्भमा आफ्नो ३८ औ वार्षिकोत्सवको अवसरमा रक्त

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 156 पटक पढिएको
  • नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिइन् यस्तो सन्देश (पूर्णपाठसहित)

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन्। सदनले साउन १५ मा विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाएकोमा राष्ट्रपति भण्डारीले आइतबार सदनलाई नै सन्देशसहित फिर्ता पठाएकी हुन् ।नागरिकतासम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट नागरिकता लिन बाबु नभएको स्वघोषणा गर्नुपर्ने विषयमा प्रश्न उठाएकी छन्।विधेयकमा आवश्यक सुधारका ठाउँ समेत औंल्याएर सोहीअनुरूप सार्वभौम संसद्मा छलफल एवम् कानुनी सुधार गरी विधेयक पुन प्रमाणीकरणका लागि पेस गर्न पनि राष्ट्रपतिले आफ्नो सन्देशमा आग्रह गरेकी छन् ।जसमा राष्ट्रपति भण्डार

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.