समाचार

    Showing 22,081-22,090 of 22,839 items.
  • देशका यी भूभागमा पानी पर्ने

    बिर्तामोड / मनसुनी  वायुको  प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश  १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७८
    • 92 पटक पढिएको
  • झापाका कैदीबन्दीको बाढीपीडितलाई राहत

    भद्रपुर / झापा कारागारका कैदीबन्दीहरुले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बाढीपीडितहरूलाई राहत प्रदान गरेका छन् ।कैदीबन्दीहरुले  बुधबार कारागारमा  आयोजित कार्यक्रमकाबीच ५० हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् । कैदीबन्दीले जेलर राजेन्द्र गौतमलाई सो रकम हस्तान्तरण गरेका थिए ।जिल्ला प्रशासन कार्यालय झापा मार्फत उपलब्ध गराउने गरी कैदीवन्दीहरुले मानवीय धर्म अनुरूप आफूहरूको गाँस काटेर पीडितहरूलाई सो रकम उपलब्ध गराएको बताए । कार्यक्रममा जेलर गौतमले जिल्ला प्रशासन कार्यालय झापा मार्फत सहयोग रकमलाई पीडित समक्ष पुर्याउने प्रतिबद्धता जनाए ।रकम प्रदान गर्दै आन्तरिक प्रशासन प्रम

    • प्रकाशित मितिः असार २३, २०७८
    • 155 पटक पढिएको
  • लमजुङमा केन्द्रविन्दु बनाएर भूकम्प !

    बिर्तामोड / बुधबार दिउँसो लमजुङमा केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 99 पटक पढिएको
  • हत्याको आरोपमा एक पक्राउ

    इलाम / खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ४५ वर्षीय यम बहादुर सावा रहेका छन् ।सावाँले बुधबार बिहान ७ बजे ५८ वर्षीय धन बहादुर राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले सावालाई खुकुरी सहित नियन्त्रणमा लिएको हो ।हत्या गरेको कारण खुल्न नसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरील

    • प्रकाशित मितिः असार २३, २०७८
    • 143 पटक पढिएको
  • विद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागेर मृत्यु

    बिर्तामोड  / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराई रहेका छन् । आज बिहान साढे ७ बजे बिर्तामोड नगरपालिका –८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागी भुईँमा लड्दा गम्भिर घाईते भएका भट्टराईको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत थिए ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 251 पटक पढिएको
  • गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई

    काठमाण्डौ / गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ। गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई

    • प्रकाशित मितिः असार २३, २०७८
    • 154 पटक पढिएको
  • ७ लाख ४५ हजार नगदसहित ११ पक्राउ

    बिर्तामोड  / झापाको दमकबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ७ लाख बढी नगदसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १ का नरेन्द्र थापा, सोही ठाउँका नरेन्द्र लिम्बु, हर्क धिमाल, इलाम चुलाचुली ६ का र्हक लिम्बु, दमक ६ का चन्द्र लिम्बु, सोही ठाउँका कृष्ण खतिवडा, सुरेन्द्र श्रेष्ठ रहेका छन् । यस्तै दमक ८ का पूर्ण प्रकाश रिजाल, सुसन रिजाल, कुलराज खड्का र थिरराज खतिवडा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।थापाका अनुसार मंगलबार राती ११ बजे इलका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा दमक ८ का थिरर

    • प्रकाशित मितिः असार २३, २०७८
    • 147 पटक पढिएको
  • टिपर दुर्घटना हुँदा एकको मृत्यु

    बुटवल  / बुटवलको चरचरेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका –५ बिरकोटका सुदिप गैरे रहेका छन् । चुनढुंगा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख ८२० नम्बरको टिपर सडकबाट चिप्लिएर १५० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका गैरेको उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजाँदै गर्दा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 93 पटक पढिएको
  • सशस्त्रका एसएसपी बढुवा

    काठमाण्डौ / सशस्त्र प्रहरीका दुई बरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा हुने भएका छन् । एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई सशस्त्र प्रहरीको बढुवा समितिले रिक्त दुई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।मंगलबार बसेको समितिको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाबारे कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन समितिका सदस्य सचिव सशस्त्रका प्रहरी अतिरिक्त महा निरीक्षक रामशरण पौडेलले सूचना जारी गरेका छन् । यसअघि बढुवाका लागि तीन दिनभित्रमा आवेदन दिन भनिएको थियो।  नेपाल प्रहरीको प्राविधिक प्रहरी नायब निरीक्षकबाट सशस्त्रमा प्रवेश गरेका उनीहरु वरीयतामा अ

    • प्रकाशित मितिः असार २२, २०७८
    • 42 पटक पढिएको
  • ठमेलबाट ४ चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ / तस्करीको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । कस्तुरीको विना तस्करी गरेको आरोपमा उनीहरु लाई  महानगरीय प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।तस्करी सँगै जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको गोप्य सूचनाको आधारमा उनीहरु लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 94 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.