समाचार

    Showing 22,141-22,150 of 26,755 items.
  • प्रहरी प्रमुख सिंह र सशस्त्र प्रमुख अर्याल किन जाँदैछन् न्यूयोर्क ?

    झापा / नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्यूयोर्क जाने भएका छन् । तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुख शिखर सम्मेलन २०२२ मा भाग लिन सिंह र अर्याल भदौमा न्यूयोर्क जाने भएका हुन् ।मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले भदौ १६ मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालन हुने तेस्रो यूएनकप्समा सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ । उक्त सम्मेलनमा यसअघि पनि नेपालबाट दुवै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र सुदृढीकरणमा संलग्न विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख, क्षेत्

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 133 पटक पढिएको
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड / मोरङको  विराटनगर महानगरपालिका -१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर -१२ बस्ने  २२ वर्षीय सुहन लिम्बू र  मोरङ बेलबारी- ११ बस्ने  ३१ वर्षीय सिकुम योङहाङ रहेका छन् । आज बिहान साढे १० बजे लागूऔषध  नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को ३४ प २६३ नम्बरको मोटरसाइकल  चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनिनुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागूऔषध ब्राउनसुगर  बरामद गरी नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बू र योङहाङको सम्

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 152 पटक पढिएको
  • १४ बुक तास सहित ७ जना जुवाडे पक्राउ

    काठमाडौं / कागेश्वरी मनोहरा नगरपालिका -९ दीर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रुपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 116 पटक पढिएको
  • ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

    झापा / ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुल्मीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका- ७ सिलादी बस्ने १८ वर्षीय किशोर रहेका छन् । किशोरले ती महिलालाई मालिका गाउँपालिका- ६ राहले कुमाल पंधेराको जङ्गलमा शुक्रबार साँझ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 189 पटक पढिएको
  • अमेरिकामा गोली प्रहारबाट ४ जनाको मृत्यु

    एजेन्सी / अमेरिकाको ओहायोको बट्लर बजारका विभिन्न क्षेत्रमा भएको गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । गोली चलाएपछि आक्रमणकारी फरार भएका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेका एक सन्दिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्लर क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् । आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 151 पटक पढिएको
  • जंगली च्याउको सेवनबाट ४ वर्षीया बालिकाको मृत्यु

    झापा / सल्यानमा जंगली च्याउको सेवनबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका- ४  साइला कम्दकी ४ वर्षीया जोशना बस्नेत रहेकी छिन् । जंगली च्याउको सेवनबाट बिरामी परेका एकै घरका चारमध्ये  बालिकाको प्रदेशिक अस्पताल  सुर्खेतमा शनिबार दिउँसो  उपचारको क्रममा  मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय  सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी  दिए । शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका- ४ साइला कम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी भएका थिए ।

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 169 पटक पढिएको
  • बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- ८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । शनिवार राती ९ बजे स्थानीय  ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 59 पटक पढिएको
  • मोरङबाट ३८ किलो गाँजा बरामद

    बिर्तामोड / मोरङको जहदा गाउँपालिका- ३ ठुलो हातिबन्दा  स्थितबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा  शनिवार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भुसाराम राजवंशीको घर पछाडि  रहेको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई  राखिएको ३८ किलो  गाँजा बरामद गरेको हो । राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको  इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 127 पटक पढिएको
  • जबराविरुद्धको महाभियोगबारे आजदेखि संसद्मा छलफल हुने

    झापा / प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रधानन्यायाधीश राणविरुद्ध सत्तारु९ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।अविश्वासको प्रस्ताव दर्ता भए प

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 89 पटक पढिएको
  • आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली हुने

    काठमाडौँ / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू- भागका केही र बाँकी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति देशको पहाडी भू- भागमा आंशिकदेखि सामान्य बद

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.