समाचार

    Showing 22,171-22,180 of 22,851 items.
  • सहुलियत मूल्यमा खाद्यान्न बिक्री बन्द

    काठमाडौं / खाद्यान्नमा उपभोक्तालाई सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले दिइने छुट आजबाट बन्द भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले निषेधाज्ञा खुकुलो भएको भन्दै छुट दिन स्थगित गरिएको जानकारी दिएका छन् ।उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने ग्यास खरिद गर्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थ

    • प्रकाशित मितिः असार ९, २०७८
    • 85 पटक पढिएको
  • लिपुलेकका नागरिकलाई जनगणनामा सामेल गर्न माग

    बिर्तामोड / लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भूभागमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न नयाँ पार्टी नेपालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।पार्टीले आज एक विज्ञप्ति जारीगर्दै मतदाता नामावलीमा नागरिकको नाम समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन समेत आग्रह गरेको छ ।  अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति  हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ। नयाँ पार्टी नेपालले देशभर बाढीपहिरामा परेका ना

    • प्रकाशित मितिः असार ८, २०७८
    • 93 पटक पढिएको
  • क्लब हाउसमा प्रहरी अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक पक्राउ

    काठमाडौँ / भ्वाइस च्याटिङ एप क्लब हाउसमा नेपाल प्रहरीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बस्ने २० वर्षिया ईशान लामिछानेलाई पक्राउ गरेको छ। लामिछानेले क्लब हाउसमा प्रहरी लोगो दूरूपयोग गरी नेपाल प्रहरीकोको नाममा ओपन सोसल रूम बनाई प्रहरी अधिकृतको दर्जयानी चिन्ह(दर्जयानी फुली) सहितको फोटो दूरूपयोग गरी प्रोफाईल प्रहरी अधिकृतको नाम लगायतका विवरण समेत समावेश गरी नक्कली आईडी बनाएको पाइएको ब्यूरोले जनाएको छ ।  अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 61 पटक पढिएको
  • यातायात कार्यालय भोलिदेखि खुल्दै

    काठमाडौँ / कोरोना भाइरस संक्रमण रोकथामका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ। काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयमा बुधबारदेखि विविध सेवा सुचारु हुनेभएको छ।  यातायात व्यवस्था कार्यालय जगातीले सुचना निकाल्दै भोलि असार ९ गते देखि सवारी चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीहरु, राजस्व संकलन एंव स्मार्टकार्ड वितरणको सेवाहरु सुचारु गर्ने जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 138 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु

    सिरहा / सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लहान नगरपालिका-९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका-५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा मृत्यु भएको हो ।  त्यसैगरी आफ्नो घरमा मिटरको तार जोड्ने क्रममा विधुत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 90 पटक पढिएको
  • पोखरीमा डुबेर एकको मृत्यु

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार बेलुका पौने ६ बजे माछा मार्ने क्रममा सोरेन पोखरीमा बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश न.१ बिपत ब्यबस्थापन चन्द्रगढी झापाको प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहानको १० बजे शव फेला परेको थियो। शवलाई पोस्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्

    • प्रकाशित मितिः असार ७, २०७८
    • 190 पटक पढिएको
  • पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

    काठमाडौँ / अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर लक्डाउनका बेलामा बाहिर हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप बढिरहेको सङ्घले जनाएको छ ।सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्नकालागि छानबिनलाई कडाइ गर्दै कतै शङ्का लागेमा सोधिखोजी गरि दुरुपयोग भएको खण्डमा सम्बन्धित निकायमा खबर गर्न सङ्घले सबैलाई अनुरोध गरेको छ ।  

    • प्रकाशित मितिः असार ७, २०७८
    • 114 पटक पढिएको
  • बाढी प्रभावितलाई एनएमबि बैंकको राहत

    काठमाडौं / मनाङका बाढी प्रभावितलाई एनएमबी बैंकले राहत वितरण गरेको छ।एनएमबी बैंक मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा रहेको राहत वितरण कार्यक्रममा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको बैंकले जनाएको छ ।शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष कैलेश गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा सम्पूर्ण सामग्री वितरण गरेको बैंकले जनाएको छ । बाढीका कारण जोखिम अवस्थामा रहेका तीन नावालकसहित ५ जनालाई राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 77 पटक पढिएको
  • लागूऔषध कारोबार गर्ने १ जना पक्राउ

    मोरङ / सुन्दरहरैचा नगरपालिका -६ डिपुचोकवाट लागूऔषध सहित एक युवा पक्राउ भएका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन्।आइतबार दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी  उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ जानकारी दिएका छन्।प्रहरीले बिश्वकर्माले बोकेको ब्यागबाट डाएलेक्स डिसी १०० मिलि लिटरको  २५ बोतल, ३७५ ट्याबलेट निट्रावेट -१० र स्पास्मो प्रोक्सिवोन् प्लस  १४४ ट्याबलेट बरामद भएको जनाएको छ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 116 पटक पढिएको
  • मोटरेबल पुल बाढीले भत्कायो

    रुकुम / राप्तीस्थित मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ । वडा न.४को सोलावाङ र वडा न.१२को बैरागीठाँटीलाई जोड्न बन्दै गरेको पक्की मोटरेबल पुल सोमबार बिहान साढे ३ बजे भत्किएको हो । ३५ मिटर लम्बाइको आरसीसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको छ। पुल आरसीसी प्रिस्टेज ब्रिज रहेको छ ।बाढीका कारण करिब ५ करोड क्षति भएको अनुमान गरिएको छ । बिम र स्ल्याबको काम पुनःसुरु गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका प्रतिनिधि  हिरा लामाले बताएका छन्।  विश्व बैंकको साढे ९ करोड सहयोगमा  पुल निर्माण भईराखेको  थियो ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 88 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.