काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेका
काठमाडौँ / वर्षाको समय शुरु हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।यही जेठको दोस्रो सातादेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड–१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने समयसीमा पर धकेलिएको हो ।यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन्, तर अहिले केही बढी काम गर्नुपर्ने भएकाले अन्य केही जनक्ति थप्नुपर्ने छ । कोरोनाका कारण कामदार ल्याउन समस्या भएको बताइएको छ । समग्रमा निर्माणको कामअन्तर्गत अहिले ६३ प्रतिशत काम सम्पन्न भएको छ । सेल व
काडमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई खोप उपलब्ध गराउन अनुरोध गरेको छ ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री ओलीको कार्यालयमा शिष्टाचार भेटका लागि पुगेकी काठमाडौंस्थित बेलायती राजदूत निकोला पोलिटसँग अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले बनाएको कोरोनाविरूद्ध खोप नेपाललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच दूई देशको आपसी सम्बन्ध र विशेष गरी कोभिड–१९ विरूद्धको लडाइँमा सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले बेलायतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको उक्त खोप लगाएका ६५
काठमाडौँ / अस्पताल शय्यामा सुतिरहेका एक वृद्ध माथि एक परेवा बसिरहेको तस्बिर फेसबुकमा केही दिन यता शेयर भइरहेको छ । एक नर्सले खिचेको दाबी गरिएको उक्त तस्बिरमा ती बिरामी वृद्धलाई कोही भेट्न नआएका तर एउटा परेवा सधैँ आउने र बस्ने गरेको दाबी गरिएको छ ।निम्न विवरणका साथ उक्त तस्बिर व्यापक रुपमा शेयर भएको छ :“जुन नर्सले यो तस्बिर खिचिन् उनको भनाइ अनुसार ती वृद्ध उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् । तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ
काठमाडौँ / नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरेबियाको उडानका लागि हवाई टिकट पारदर्शी र प्रतिस्पर्धीरूपमा व्यवस्थापन गरिएको जनाएको छ ।नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय नागरिकका लागि गरिएको उडानका सिलिसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीले अत्यधिक अतिरिक्त रकम लिएको विभिन्न सञ्चारमाध्यममा आए पनि एयरलाइन्सले विज्ञप्ति निकालेर भारतीय यात्रुलाई बढी भाडा नलिएको स्पष्ट पारेको हो ।नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई सात र हिमालय एयरलाइन्सलाई तीन उडान गर्ने गरी अनुमति दिएको थियो । उक्त सम
काठमाडौं / नेकपा माओवादी केन्द्र परित्या गरी एमाले बनेका सात जना गैरसांसदलाई मन्त्रीबाट पदमुक्त गर्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुँदैछ ।अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका दुवै रिटको पेशी प्रधानन्यायाधीश राणाको एकल एजलासमा तोकिएको छ । संविधानको धारा ७८ बमोजिम नियुक्त भएका मन्त्रीको नियुक्ति गैरसंवैधानिक भएको दावी रिट निवेदकले गरेका छन् ।रिट निवेदनमा अन्तरिम आदेश माग नभएकाले त्यसबारे ‘बिचार गर्नु परेन’ भन्ने आदेश आएको भोलिपल्ट अन्तरिम आदेश माग गर्दै दुईवटा रिट निवेदन दर्ता भएका हुन् ।हाल गृहमन्त्री रामवहादुर थापा,
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका २ जयचौक स्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।बुधबार राती भएको दुर्घटनामा परी दुर्घटनामा परि झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षिय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली ३ रन्जीका ७६ वर्षिय विष्णुमाया सिवाकोटीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च १८५१ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले ठक्कर दिदाँ दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी गराएका छन् । मालवक सवारी साधनको ठक्करबाट स्कारपियोमा सवार दु
चन्द्रमणि कट्टेलबिर्तामोड / कोरोना महामारीका कारण मुलुक लकडाउन भएको मौका छोपेर सुपारी कारोवारको अनौठो धन्धा गर्न पल्केका व्यवसायीले सरकारी अधिकारीसँगको मिलेमतोमा काकडभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट सुपारी भित्राउन सुरु गरेका छन् । सुपारी माफिया उपनामले चिनिएका व्यवसायीले तेस्रो मुलुकबाट आयात गरिएको सुपारीलाई नेपाली सुपारी बनाएर भारत निर्यात गर्न पल्केका उनीहरुले संसदिय समितिको निर्देशन समेत लत्याउँदै काकडभिट्टा नाका हुँदै नेपाल भित्राउन सुरु गरेका हुन् ।नेपाली कृषकलाई घाटा अनि नोक्सान भएपछि रोकिएको सुपारी आयात बहालवाला मन्त्री र सरकारी अधिकारीसँगको मिलेमतोमा आयात खुला गरि २५
काठमाडौँ / नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डय प्राधिकरण (क्यान)ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो । स्पेनको राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौँ आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइए
काठमाडौँ / सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो ।आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.