बिर्तामोड / मुलुकका सबै संयन्त्र आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित रहेका बेला चुनावी सुरक्षाको प्रमुख दायित्व बोकेको सशस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुने भएको छ ।निर्वाचनको १० दिन अघि सशस्त्रका हालमा प्रमुख आईजीपी शैलेन्द्र खनाल ४ वर्षे पदावधिका कारण अवकाश हुने भएकाले नेतृत्वमा हुने फेरबदललाई चासो अनि महत्वका साथ हेरिएको छ ।स्थानीय निकायको चुनावको समयमा एक महिनाको बिचमा नेतृत्वमा तिन जना पुग्ने अवस्था आएपछि चासोका साथ हेरिएको हो ।मुलुक निर्वाचनमय भएको समयमा हुने नेतृत्वमा लगातारको फेरबदलले सुरक्षामा पार्ने प्रभावलाई लिएर गृहमन्त्रालय र राजनीतिक दलले समेत चासो दिन थालेका छन् । ह
पर्सा / पर्साको ठोरी गाउँपालिका-३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् ।पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ वर्षीया बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो । घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ ।रामनगरबाट बिजय वस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।
बिर्तामोड / अर्थतन्त्र अस्थिर भइरहेको समयमा पछिल्लो सात महिनामा भएको अर्बौँको फलफूल आयातका कारण व्यापार घाटा थप चुलिएको छ । पछिल्लो सात महिनामा भारत , चिन , टर्की , दक्षीण अफ्रिका , इजिप्ट जस्ता मुलुकहरूबाट गरिएको ६ अर्ब भन्दा बढी मूल्य बराबरको फलफूल आयातले अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ ।स्वदेशमा नै खेती गरेर राम्रो आयआर्जन गर्न सकिने आँप , स्याउ , सुन्तला , कागती र अंगुर जस्ता फलफूल चालू आर्थिक वर्षमा मात्रै ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरको आयात भएको तथ्यांक सार्वजनिक भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका वि
प्यूठान / प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । प्युठानबाट दाङको घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार बिहान ११ बजे प्युठानको माण्डवी गाउँपालिका –२ सेतोपरामा दुर्घटना भएको हो । दुर्घटनामा परी दाङको घोराही –३ का एक वर्षीय बालकको मृत्यु भएको प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले जानकारी दिए । थापाका अनुसार घाइते भएका २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
सर्लाही / सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ । बिहीबार राति फरार भएका अभियुक्तलाई समात्न जाने क्रममा लालबन्दी नगरपालिका –१२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।घाइते यादवको काठमाडौँस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंले जानकारी दिए । एसपी प्रसाईँका अनुसार आक्रमण गर्ने समूह फरार भएको र उनीहरूको खोजी भइरहेको छ ।
काठमाडौँ / बेलायत सरकारले १९८० देखि १९९० को दशकमा नेपालबाट हराएका प्राचीन मूर्ति मध्येका दुई मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरेका हुन् । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो भने १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार
रुकुम पूर्व / रुकुम पूर्वको पुथाउत्तरगंगा-१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने दुईजना घाइते भएका छन् । शुक्रवार बेलुकी रा १ त ३३७३ नम्बरको ट्रयाक्टर पुथाउत्तरगंगा गाउँपालिका-१२ गर्खानीमा दुर्घटनामा पर्दा घाइते भएका तीनजना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं / नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।गणतन्त्र सिसेल्सको भ्रमणमा रहेएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेका द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो । रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । वैदेशिक र
बिर्तामोड / तत्कालीन ओली सरकारले संवैधानिक आयोगका गरेका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा ओली सरकारले संवैधानिक आयोगमा गरिएका नियुक्तिविरुद्ध परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ हुने भएको हो । आजको संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । ‘
रुपन्देही / रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट खस्दा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.