झापा / भारतबाट अवैध रुपमा लुकाइछिपाइ नेपाल भित्राइएको नेपालमा प्रतिबन्धित बारुद जन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले भारतबाट लुकाइछिपाइ नेपाल ल्याएको एक हजार प्याकेट किङ कोब्रा, इलेक्ट्रिक क्रेकर बम्, राउन्ड क्रकेर बम् ५० प्याकेट, रकेट बम् ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम् ५० प्याकेट बरामद गरेको थियो । बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको हो तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरिएको उक्त
बिर्तामोड / बहुविवाह मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका –८ घर भई हाल मोरङ उर्लाबारी ५ बस्ने ४६ वर्षीय जीवनाथ भन्ने जीवननाथ कोइराला रहेका छन् ।झापा जिल्ला अदालतको २०६९ असोज २२ गतेको फैसला बमोजिम बहुविवाह मुद्दामा उनलाई १ बर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।अदालतको फैसला पश्चात फरार रहेका कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ / सरकारले गैरआवासीय नेपालीलाई नाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ ।शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसदबाट विधेयक पारित गर्ने निर्णय गरेको हो ।नागरिकता संशोधन विधेयक आजै संसद्बाट पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने गरी पास गराउने निर्णय भएको एक नेताले जानकारी दिए । यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ । ६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रावधानलाई सच्याएर साबिकबमोजिम नै
काठमाडौँ / नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी विश्व पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि निवेदकका तर्फबाट आज अन्तिम जबाफी बहस हुन लागेको हो । निवेदकतर्फका कानुन व्यवसायीले जवाफ दिएपछि आजै नै फैसला आउन सक्ने छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ निरन्तर जारी छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा यो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । एआइ
सुर्खेत / हुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भासिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पावर हाउसका चौकिदार गोरक बहादुर रावतकी श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ७ वर्षीय सूर्य रावत रहेका छन् । राति करिब साढे २ बजे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा उनीहरूको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
काठमाडौं / दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ७ चाबहिल बस्ने धादिङ धुनीबेँसी गाउँपालिका- ९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने र उता मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रुपैयाँ रकम लिई थापा सम्पर्क विहीन भएका थिए ।प्रहरीले उनलाई पक्राउ बुधबार साँझ पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार
बिर्तामोड / १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आर आइ टि बाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुनसरी जिल्ला अदालतको फैसला आदेशले २ वर्ष २ महिना ३ दिन कैद भई कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा- ८ बस्ने ६० वर्षीय डिल्लीराम ढकाललाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी अदालतले कैद भुक्तानको लागी सुनसरी कारागार झुम्का पठाइएको छ ।
काठमाडौं / १५ किलो हात्तीको दाह्र ओसारपसारमा संलग्न फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम, जितपुर–१, झरनाचोक घर भई अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई छन् ।गत चैत १७ गते काठमाडौं चक्रपथस्थित होटेल ओदानबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट गएको टोलीले हात्तीको दाह्रा (आखेटोपहार) १५/६८ किलो अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा भक्ति कुमार लिम्बू, अशोक कार्की र रमेश सुवेदीलाई उक्त आखेटो सहित पक्राउ गरेको थियो ।सोही घटनामा रमेश राईको समेत संलग्नता देखिएको थियो । पक्राउ परेका राईलाई झापाबाट पक्राउ गरी आवश्यक कारबाहीका ल
एजेन्सी / पूर्वी प्रजातान्त्रिक गणतन्त्र मुलुक कङ्गोमा हालसालै भएको द्वन्द्वमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ । कङ्गोली सेना र धेरै विद्रोही समूहहरू बीचको भएको तीव्र झडपका क्रममा उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । बेनी क्षेत्रमा भएको दोहोरो झडपका क्रममा बुधबार मात्र पाँच जनाको शव फेला परेको छ भने दर्जनौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।यो वर्षको सुरुदेखि इटुरी र उत्तरी किभु प्रान्तका ७ लाखभन्दा बढी मानिस घरबार छोडेर भागेका छन् ।कंगोली सेनाले पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र विद्रोही समूहसँग लडिरहेको छ । तिनीहरूमध्
झापा / रूपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रूपन्देही कञ्चन गाउँपालिका- ४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् । रूपन्देही कञ्चन गाउँपालिका- ४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.