समाचार

    Showing 22,401-22,410 of 25,221 items.
  • ताप्लेजुङ आगलागी अपडेट : ६९ लाखभन्दा बढी क्षति

    झापा / ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ कोप्चे टोलमा शुक्रबार बिहान भएको आगलागीमा रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए ।शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 68 पटक पढिएको
  • मेचीनगरबाट खैरो हिरोइन सहित एक जना पक्राउ

    बिर्तामोड / लागूऔषध खैरो हिरोइन सहित  मेचीनगरबाट एक जना पक्राउ परेका छन्  । पक्राउ पर्नेमा कमल गाउँपालिका- ६ बस्ने ३४ वर्षीय दीपेन्द्र भण्डारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेची पुल नजिकैबाट इलाका प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेका भण्डारीलाई शङ्का लागी चेक जाँच गर्दा उनको साथबाट खैरो हिरोइन जस्तो देखिने प्लास्टिक बाहेक ८ ग्राम लिसाईलो पदार्थ फेला परेको हो । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान अगि बढाइएको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 80 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दामा काठमाडौंबाट एक पक्राउ

    झापा /  दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगर

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 82 पटक पढिएको
  • कच्चा तेलको मूल्यमा वार्षिक प्रतिब्यारेल ५० डलरको वृद्धि

    काठमाडौं / विश्व बजारमा एक वर्षमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० अमेरिकी डलरले बढेको छ । गत वर्ष २०७७ साल माघ मसान्तको तुलनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरले बढेको हो । वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो भने आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत वर्षको माघ मसान्तमा यसको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलर थियो ।रुस र युक्रेन बीचको सैन्य भिडन्तले कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो निर्यातकर्ता हो । पेट्रोलियम पदार्थको उत्पादनमा रुसभ

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 79 पटक पढिएको
  • झापाको बुद्धशान्ति गाउँपालिका बुधबारेबाट ७७ लाख ७७ हजार मूल्य बराबरको औषधी बरामद

    बिर्तामोड / भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले ठुलो परिमाणमा औषधी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार बेलुकी झापाको बुद्धशान्ति गाउपालिका बुधबारेबाट ७७ लाख ७७ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ । प्रहरीले बरामद गरेको औषधी, औषधी ब्यवस्था विभाग पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए । मे १ च ६८३३ नम्बरको पिक अपमा हालेर ल्याउँदै गर्दा १४ वटा बोरामा लोड गरिएको अवस्थामा औषधी फेला परेको प्रहरीले जनाएको छ । इलामको पशुपतिनगरको हिले नाकाबाट नेपाल भित्र्याएको औषधी झापा प्रहरीले झापा र इलामको

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 207 पटक पढिएको
  • मोरङमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु

    बिर्तामोड / मोरङमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको हो ।शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।सुन्दरहरैचा-७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । बालिकालाई यौनाङ्गमा रक्ताम्मै र अर्धचेत अवस्थामा भेटिएको थियो । त्यसपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । बेलुका ४ बजेदेखि हराएक

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 74 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा

    काठमाडौं / देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा रहेको छ ।  अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि समेत भैरहवा (रुपन्देही) मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको हो । ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय स्तरको बनाइएको गौतमबुद्ध विमानस्थल जेठ २ गते (बुद्ध पूर्णिमा)देखि सञ्चालनमा ल्याउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा हवाई पूर्वाधारको अर्को फड्को मार्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 76 पटक पढिएको
  • जग्गा जालसाजीको आरोपमा वडाध्यक्षसहित सात पक्राउ

    खाँदबारी / जग्गा जालसाजीको आरोपमा सङ्खुवासभा प्रहरीले भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ ।जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुव

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 33 पटक पढिएको
  • चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

    झापा / चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।  ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरूङ र पाँच वर्षीय आर्यन गुरुङ छन् ।प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 48 पटक पढिएको
  • घाँटी रेटी २८ वर्षीया महिलाको हत्या गर्ने दुई जना पक्राउ

    काठमाडौं / भक्तपुरको नागपोखरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका -९ नवलडाँडाकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्याको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार चाँगुनारायण नगरपालिका -७ बागरेमा तरकारी बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा जेनिशाको शव फेला परेको थियो ।पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछें बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन् । उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.