समाचार

    Showing 22,451-22,460 of 25,221 items.
  • सुमो र मोटरसाइकल ठोक्किँदा महोत्तरीमा दुई जनाको मृत्यु

    झापा / महोत्तरीमा सुमो र मोटरसाइकल दुर्घटना  हुदाँ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ का  २२ वर्षीय सञ्जित मण्डल र  सम्सी गाउँपालिका १ पर्साका प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेका छन् । सोमबार साँझ साढे ७ बजे औरही नगरपालिका ४ कठुधारस्थित माइस्थान सम्सी सडकखण्डमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको  प्र–०२–००१ च०८४१ नम्बरको सुमो आपसमा ठोक्किएको थियो । दुवै जनाको जलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले बताएको छ ।उपचारका ल

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 45 पटक पढिएको
  • ‘सुसाइड’ नोट लेखेर एकै परिवारका पाँचजनाले गरे आत्महत्याको प्रयास

    काठमाडौं / काठमाडौंमा ‘सुसाइड’ नोट लेखेर एकै परिवारका पाँचजनाले आत्महत्याको प्रयास गरेका छन् ।  काठमाडौंको नागार्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ बेहोस अवस्थामा फेला परेका एकै परिवारका पाँचजनामध्ये एकको मृत्यु भएको छ ।भाडाको फ्ल्याटमा बस्दै आएका उनीहरूको  बारेमा विस्तृत विवरण राति भइसकेकाले संकलन गर्न कठिन भएको  महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताएका छन् ।रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको छ भने श्रीमानश्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका छन् । बेहोस अवस्थामा रहेका चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहे

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 63 पटक पढिएको
  • नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट हवल्दारको मृत्यु

    बिर्तामोड / नेपालगञ्जमा मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते सहित ट्राफिक जाँचमा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकको ‘ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको हो ।भे१०प ४७५७ नं को  मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको नेपालगञ्जको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् ।बाँसगढी नगरपालिका–६ बर्दिया

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 217 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

    झापा / तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका –१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रह

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 50 पटक पढिएको
  • भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा नायिका रेखा थापाको उजुरीपछि एक युट्युवर पक्राउ

    काठमाडौं ।नायिका रेखा थापाले दिएको उजुरीपछि प्रहरीले  एक युट्युवरलाई पक्राउ गरेको छ ।प्रहरीले  ‘सेलेब नेपाल’ नामक च्यानलका युट्युवर राहुल थापालाई पक्राउ गरेको हो। उनीमाथि  युट्युव च्यानलमार्फत व्यक्तिको मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको  आरोप छ। बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर ती युट्युवरले आफू विरूद्द भ्रामक सामग्री प्रसारण गरेकाे भन्दै नायिका थापाले उजुरी दिएकी थिइन् ।सोहि आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 90 पटक पढिएको
  • भन्सार छल्ने चार जना विरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौँ / राजस्व अनुसन्धान विभागले आज भन्सार छलेर व्यवसाय गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । बूढानीलकण्ठ नगरपालिका–१० कपनका सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, काठमाडौँ–५ का रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरुद्ध मुद्दा दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ ।उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको विभागले जनाएको छ । विभागले बख्रेल र पन्तसँग जनही रु एक

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 88 पटक पढिएको
  • हतियार बोक्ने अध्यक्ष बस्नेतदेखि नागरिक त्रसित

    बिर्तामोड / नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष समेत रहेका बस्नेत गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् । उनको उक्त क्रियाकलापले नागरिक निकै त्रसित भएका छन् र उनको आलोचना समेत भइरहेको छ । जहिल्यै हतियार साथमा लिएर हिड्ने गरेका बस्नेतलाई रोक्न खोज्दा नमान्ने गरेको एक जनप्रतिनिधिले बताएका छन् । अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कारण भने नभएको स्थानीयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 195 पटक पढिएको
  • अभिनेत्री रेखा थापालाई जथाभावी गालीगलौज गर्ने शर्मिला पक्राउ

    काठमाडौं / अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतलाई जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।वाइबामाथि अभिनेत्री थापाकी दिदी तारा थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापा, शर्मालगायत नायिकाले पल शाह प्रकरणबारे मुख खोल्दा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 91 पटक पढिएको
  • अदालतको फैसलापछि फरार चौधरी काठमाडौंबाट पक्राउ

    झापा / काठमाडौंबाट प्रहरीले बैंकिङ कसूरमा एक जनालाई पक्राउ गरेको छ । बारा पचरौता नगरपालिका - ८ घर भई महाराजगञ्ज बस्दै आएका ५३ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।  चौधरीलाई पाटन उच्च अदालतले गत वर्षको फागुन २१ गते ८ लाख ७५ हजार र ४ दिन कैद तोकेको प्रहरी उपरीक्षक कोइरालाले बताए । अदालतको फैसलापछि चौधरी फरार थिए । प्रहरीले फैसला कार्यान्वयन लागि सोमबार काठमाडौं जिल्ला अदालत पठाएको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 59 पटक पढिएको
  • जागिर लगाउने भन्दै नियमविपरीत पैसा असुल्ने जव सेन्टरमा पुलिसको छापा

    काठमाडौं / जागिर दिने बहानामा पैसा असुल्दै आएका ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार जब सेन्टरहरूमा एकसाथ छापा मारे पछि पक्राउ गरेको हो । उक्त जब सेन्टरहरूले जागिरको लालच देखाएर फाराम भराउने र केही दिन ट्रेनिङ समेत दिएर तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ । जाहेरी आउनेक्रम जारी रहेकाले जब सेन्टरका नाम र सञ्चालकहरूको नाम आउन बाँकी रहेको महाशाखा प्रवक्ता कृष्ण कोइरालाले बताएका छन् ।विज्ञापन गर्दै विभिन्न बहानामा पैसा असुलेको समेत अनुसन्धान अधिकारीले बताएका छन् । कोटेश्वर, बानेश्वर लगायतका ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.