बिर्तामोड / सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ईश्वरपुर नगरपालिका ४ र १४ को सीमामा पर्ने अमुवा खोलाको पुलमा बुधबार ज ११ प ८९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।मोटरसाइकल पुलबाट तल खस्दा त्यसमा सवार महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दनकुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका राम विश्वास मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।पुलमुनि मोटरसाइकलसहित दुई जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सर्लाहीको हरिपुरस्थित चिताइन मेलाबाट राति फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहर
बिर्तामोड / मोरङको उर्लाबारीमा सिसी टिभी जडान गरेर तास खेलाउने नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको छ ।उर्लाबारी नगरपालिका ७ स्थित प्रधानको घरमा जुवा खेलाइरहेको अवस्थामा बुधबार साँझ प्रहरीले सातजनालाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ पर्नेमा उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोविन्द केसी र शिव लिम्बू रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मन्जिल मुकारुङले जानकारी दिए । तासको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ ।एमाले नेता प्
काठमाडौं / प्रहरीले ललितपुरबाट २५ जना जुवाडे पक्राउ गरेको छ ।ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुवाहाइट स्थित निनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लबको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्दिविक्रम शाहले जानकारी दिएका छन् ।जुवाडेहरुसँगै प्रहरीले चार लाख रुपैयाँ बरामद गरेको छ ।
बिर्तामोड / सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा बिदा दिने निर्णय भएको जनाएको हो ।बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयको सिफरिसमा फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।
झापा / बर्दियाको बढैयाताल गाउँपालिका-८ सिमा नगरबाट करिब ३ ग्राम २ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बासगढी नगरपालिका-९ तोरैया बस्ने ४२ वर्षीय शेर राम चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा ४४ प २९०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शेर रामलाई प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं / महानगरपालिका -१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका -६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याडमिन्टन कोर्टभित्रै तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललि
झापा / बाँकेमा अमेरिकन पेस्तोलसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ छ ।बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोकसहित ३ जना पक्राउ परेका हुन ।पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय छन् ।उक्त स्थानमा गोली पड्काएजस्तो आवाज आएपछि इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट राप्ती नदीतर्फ जा
काठमाडौं / महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किदा दुई जना घाइते भएका छन् ।पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो । त्यसबेला पुलमा धेरै मानिस भए पनि दुई जना बागमती नदीमा खसेर घाइते भएका छन् ।घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अर्का घाइते राजन ओलीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।
झापा / नवलपुरको देवचुली नगरपालिका –१४ मा आज बिहान भएको बस दुर्घटनामा परेर १४ जना घाईते भएका छन् ।घाइतेमध्ये ७ जनालाई भरतपुर पठाइएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ नम्बरको बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गिरीले बताए ।
झापा / दाङको राप्ती गाउँपालिकामा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाकोमृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।दुर्घटनामा राप्ती गाउँपालिका ७ आनन्दपुरकी १० वर्षीय सन्ध्या चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ का ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया वेदकुमारी चौधरी घाइते छन् । मृतक बालिका जयरामकी भान्जी हुन् ।अनियन्त्रत कारले ठक्कर दिँदा सडकमा पैदल हिँडिरहेका लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते बा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.