झापा / सङ्खुवासभामा ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका- २ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं / रामेछापको सुनापती गाउँपालिका –५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । हिलेदेवीबाट काठमाडौं जाँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा नै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताए । दुर्घटनामा परी घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल पठाएको बताइएको छ ।
झापा / सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी २६ वर्षीया महिलालाई बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ स्थित सुकुटे बीच एडभेन्चर क्याम्प रिसोर्टको टेन्टमा सुतिरहेकी युवती असार १८ गते बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् ।उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ । बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे
काठमाडौँ / साताको तेस्रो दिन नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा समान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय रुपैयाँ पुगेको छ ।मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
दाङ / दाङमा चट्याङ्ग लागेर २ जना बालकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका –६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेका छन् । त्यस्तै चट्याङ लागेर ऐरावती –६ का ५ जना र वडा –१ दाङ्बाङ्गका ४ जना घाइते भएका छन् ।
मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –१ का ४४ वर्षीय भानु याङदेन र सुनसरीको धरान उपमहानगरपालिका – ११ का ३८ वर्षीय राजु घिमिरे रहेका छन् । भारतबाट नेपाल तर्फ आउँदै गरेका याङदेनलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाइजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको छ । यसैगरी घिमिरेलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घिमिरेको स
अछाम / पञ्चदेवल विनायक नगरपालिका –४ का विनोद शाहीको मृत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबाट अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ ।प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् । उनीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् ।ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको
झापा / धनगढी उपमहानगरको ८ औं नगर सभाको तेस्रो बैठकमा तनाव सृजना भएको छ । सभामा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरिएको बताएपछि विवाद सृजना भएको हो ।उपमेयर रानाले मेयर गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरूपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताब) प्रकाशित गरेको बताएकी थिइन् । यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ ।रानाले नगरसभा नचल्न दिने चेतावनी दिएपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरूले कुर्सी फालाफाल गरेका छन् । कांग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ । विवाद बढेपछि अहिले नगरसभा स्थगित भएको छ
बिर्तामोड / अवैधरुपमा गिटी, बालुवा उत्खनन गर्ने सवारी साधन सहित चालक पक्राउ परेका छन् । मोरङको केराबारी- ८ स्थित रहेको खदम खोला, केराबारी- ७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा- ५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालक सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको
काठमाडौँ / सरकारले वैदेशिक एवं कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा परराष्ट्र मन्त्रालय मार्फत मात्रै गर्न निर्देशन दिएको छ ।असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक पत्र आदानप्रदान गर्दा परराष्ट्र मन्त्रालयबाट अनिवार्य रुपमा गर्नुपर्ने निर्णय गरको थियो । योसँगै मन्त्रालयहरूले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार वैदेशिक एवम् कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्न विभाग, प्राधिकरण, बोर्ड, आयोग, विकास समिति र सबै महाशाखाहरुल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.