समाचार

    Showing 22,551-22,560 of 26,760 items.
  • पर्यटकलाई लुटपाट गर्ने सात जना प्रहरी नियन्त्रणमा

    हुम्ला / ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका एक पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हुम्लाको नाम्खा गाउँपालिका –५ को नारा लेखबाट हिल्सा जाँदै गरेका जर्मन नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई लुटपाटको प्रयास गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इक्माले हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरूले शनिवार दिउसो ३ः०० बजे आफूमाथि लुटपाट भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय बिष्टलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दीप

    • प्रकाशित मितिः असार १९, २०७९
    • 76 पटक पढिएको
  • बागमती नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एकको उद्धार

    रौतहट  / रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । वेपत्ता हुनेमा भारतको सितामाढी कोटबजार बस्ने ३० वर्षीय मयक अग्रवाल र सोही उमेरका गोलुकुमार रहेका छन् । उनीहरुसँगै नदीमा फसेका २७ वर्षीय  सुमन साहको भने उद्धार गरिएको छ ।प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका उनीहरु शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उप

    • प्रकाशित मितिः असार १९, २०७९
    • 70 पटक पढिएको
  • श्रीमतीलाई जिउँदै जलाउने मल्लिक पक्राउ

    मोरङ  / मोरङको रङ्गेलीबाट श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली  नगरपालिका –१ बिर्ताबजारका तिलका मल्लिक रहेका छन् । श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्की आगो लगाएर फरार भएका थिए ।  शरीर जलेर गम्भिर घाईते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 77 पटक पढिएको
  • नेपाल प्रहरीले माग्यो ४ सय ४३ असई र २ हजार ४७४ जवान (सूचनासहित)

    झापा / नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ ।आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका सङ्ख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र २४७४ जना प्रहरी जवान माग गरेको हो ।२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भएपनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको जनाएको छ । त्यस्तै, २०७८ मंसिर १० गते विज्ञापन प्रकाशन गरी एक हजार ९७१ जना प्रहरी जवान माग गरेको थियो यसमा ५०३ जना थप गरी कुल जम्मा २ हजार ४७४ जना प्रहरी जवान माग गरेको छ । माग गरिएका मध्ये असईमा ४० जना र जवानमा २१९ जना महिला रहेका छन् । असईमा कक्षा १२ र

    • प्रकाशित मितिः असार १९, २०७९
    • 77 पटक पढिएको
  • मणिपुरको पहिरोमा २९ जनाको मृत्यु, ३४ बेपत्ता

    झापा / भारतको पूर्वोत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा २० सुरक्षाकर्मी र ९ सर्वसाधारण छन् । पहिरोमा परी ३४ जना बेपत्ता छन् । मणिपुरस्थित नोनीमा रेल मार्ग निर्माण कार्य भइरहेको स्थानमा बुधबार गएको पहिरोमा परेकामध्ये २९ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका हुन् ।बेपत्ता भएका ३८ जनामध्ये १२ सुरक्षाकर्मी र २६ सर्वसाधारण हुन् । पहिरो गएको स्थानबाट १३ सुरक्षाकर्मी र ५ सर्वसाधारणको उद्धार गरिएको जनाइएको छ ।अधिकारीहरूले बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको जनाएका छन् । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकहरू

    • प्रकाशित मितिः असार १९, २०७९
    • 100 पटक पढिएको
  • आईजीपी नियुक्ति विवाद : हेर्दाहेर्दै’ मा रहेको मुद्दाको अन्तिम सुनुवाइ आज

    झापा / हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदैछ ।सर्वोच्चका कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बैशाख

    • प्रकाशित मितिः असार १९, २०७९
    • 68 पटक पढिएको
  • बाँदर धपाउने क्रममा हृदयाघात भएपछि पुरुषको मृत्यु

    झापा / खेतमा आएका बाँदर धपाउने क्रममा दोलखाको सैलुङ गाउँपालिकामा एक पुरुषको मृत्यु भएको छ । घरको बारीमा लगाइएको बाली खान आएका बाँदरहरूलाई लखेट्ने क्रममा वडा नम्बर -८ शैलुङगेश्वरका अन्दाजी ५६ वर्षीय रामबहादुर कार्कीको मृत्यु भएको हो ।  स्थानीय इन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो बाँदर लखेट्ने क्रममा कार्कीलाई हृदयाघात भएको थियो । हृदयाघापछि कार्कीलाई उपचारका लागि हेलिकोप्टरमार्फत  काठमाडौँको  न्युरो अस्पतालमा पुर्‍याइएको थियो । तर उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः असार १८, २०७९
    • 69 पटक पढिएको
  • डर देखाएर सर्वसाधारणसँग फिरौती रकम असुल्ने दुई पक्राउ

    विराटनगर / डर देखाएर सर्वसाधारणसँग फिरौती रकम असुल्ने दुई जनालाई मोरङ प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ६ घर भई विराटनगर -४ मा डेरागरी बस्ने गणेशकुमार कार्की र पथरी- ६ का विशाल ऋषिदेव छन् ।विराटनगर -३ का मुकेश शर्मालाई पथरी शनिश्चरे -६ घर भई विराटनगर - ४ कञ्चनबारीमा डेरामा बस्ने ३९ वर्षीय कार्कीले जेठ ३१ गते चिठी पठाउनुका साथै पटक-पटक फोनबाट धम्की दिएर रकम मागेपछि शर्माले असार १७ गते आइएमईमार्फत २५ हजार रुपैयाँ रकम पठाएका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उक्त रकम पथरी शनिश्चरे -६ हसन्दहस्थित आइएमईबाट निकाल्ने क्रममा उनीहरूलाई पक्राउ गरि

    • प्रकाशित मितिः असार १८, २०७९
    • 107 पटक पढिएको
  • मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    बिर्तामोड / मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट प्रहरीले  एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं -१ बिर्ताबजारका स्थानीय तिलक मल्लिक रहेको प्रहरीले जनाएको छ । तिलकले शुक्रबार राति श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाई हत्या प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरूको घर पनि जलेको छ’ उनले भने ।शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । घरमा गम्भीर अवस्थामा रहेकी बबिता

    • प्रकाशित मितिः असार १८, २०७९
    • 94 पटक पढिएको
  • इरानमा भूकम्प जाँदा ५ को मृत्यु , ४४ जना घाइते

    एजेन्सी / इरानको दक्षिणी क्षेत्रमा शनिबार गएको भूकम्पमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले जनाए अनुसार ६.३ म्याग्निच्यूटको भूकम्पमा परी थप ४४ जना घाइते भएका छन् ।हर्मोजगान प्रान्तको सायद खोस गाउँ भूकम्पको मुख्य केन्द्रबिन्दु रहेको र त्यहाँ करिब ३ सय मानिसको बसोबास रहेको बताइएको छ । उक्त स्थानमा उद्धार टोली खटाइएको छ । भूकम्पमा भवन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा पटक पटक भूकम्प जाने गरेको छ । यस अघि नोभेम्बरमा ६.४ र ६.३ म्याग्निच्यूटको भूकम्प जादा एक जनाको मृत्यु भएको थियो । इरानको बाम सहरमा सन् २००३ मा गएको ६.६ म्य

    • प्रकाशित मितिः असार १८, २०७९
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.