विराटनगर / प्रदेश नं १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि २०७९’ स्वीकृत गरेको छ ।प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ ।प्रदेश समन्वय परिषद्को बैठक गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि बसेको पहिलो पटक हो भने नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ ।परिषदमा हरेक जिल्लाबा
काठमाडौँ / इन्टरनेट सेवा प्रदायक संघले देश भरिका तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो ।आइस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, घरान, दुवही, लहान, डोटी, भैरहवा, ताडी, विराटचोक र रगेलि गरी तेह्र स्थानमा जुनसुकै बेला इन्टरनेट काटिने सम्भावना छ । विज्ञप्तिमा भनिएको छ, ‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा
काठमाडौँ / काठमाडौँ महानगरपालिकाको फोहोर फाल्न पुगेका ट्रिपरलाई बन्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिअनुसार काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेपछि झडप भएको हो । सोमबार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने प्रतिवद्धता जनाएसँगै आन्दोल
काठमाडौँ / शेयर बजारको मापक नेप्से परिसूचक लगातार खटिरहेको छ । मंगलबार नेप्से एकैदिन ४५.५९ अङ्कले घटेर २०२०.२३ बिन्दुमा झरेको छ । आज बजार २.२१ प्रतिशतले घटेको छ । आज नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयरको २८ हजार ९५९ पटक कारोबार भएको छ । यसबाट १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । आज बजार घटेको दिन सबैभन्दा बढी हिमालयन बैंकको शेयर मूल्य घटेको छ । यसका लगानीकर्ताले ९.९७ प्रतिशतले गुमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त सहितका लगानीकर्ताले ५.९९ प्रतिशतसम्मले गुमाएका छ । बजार घटेको दिन पनि उपकार
झापा / बारामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । आदर्श कोतबाल गाउँपालिका- ६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटमा रहेको आरोपमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको टोलीले पक्राउ गरेको हो ।किशोरी, रामप्रवेश र स्थानीय ५० वर्षीय हिरामण कुशवाहाले जग्गा नाप्ने विषयमा विवाद हुँदा कुटेका थिए । त्यसबाट गम्भीर घाइते भएका प्रभुको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।कुटपिटमा संलग्न उनीहरूलाई प
काठमाडौँ / राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् ।रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि सञ्चार मन्त्रालयले १२ जेठमा आवेदन माग गरेको थियो । आवेदन दिने म्याद सोमबार सकिएको छ । सोमबार सम्ममा १२ जनाले आवेदन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेमा विनोद ढकाल, अनुप बाँस्कोटा, प्रदीप शर्मा पौडेल, रमेश प्रसाद जोशी, विश्वास खतिवडा, गुणानन्द पाठक, नरेन्द्र बहादुर बोहरा, रामेश्वर सुवेदी, महेशकुमार यादव, लक्ष्मीप्रसाद यादव, सुरेशकुमार कर्ण र प्रदीपकुमार श्रेष्ठ रहेका छन् । विनोद ढकाल कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष
काठमाडौं / सुन चाँदीका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका- ७ घर भएका ३३ वर्षीय विजय लामा रहेका छन् । लामाले काठमाडौं महानगरपालिका- १५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका- ६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका गहनाहरू चोरी गरेको आरोप छ ।चोरी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका- १५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको र
काठमाडौँ / नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।रिक्त रहेको पाँच एआईजी पदमा डीआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहकाे बढुवा भएको हो ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केहिदिन अघि मात्रै गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकबाट नेपा
झापा / सप्तरीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका- १ रायपुर बस्ने ६५ वर्षीया तारावती देवी यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन् । माइक्रो बस राजविराज - रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका- ५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटना भएको थियो । सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३ - ००१ ज ०२७७ नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारा
बिर्तामोड / सुनसरीको हरिनगरा गाउँपालिका- ४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ वर्षीय ओम प्रकाश पाल रहेका छन । विशेष सूचनाको आधारमा मंगलबार राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरिनगरा - ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बि आर ३९ जे ६८३५ नम्बरको मोटरसाइकलको डिकी भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउन्ड गोली सहित बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.