टिचिङ अस्पताल महाराजगञ्जमा भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको फोटो टाँसेर खोजी अभियानमा जुटेका विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।
उनको यो मानवीय प्रयासलाई पछ्याउँदै अस्पताल परिसरमा मिडियाको समेत घुइँचो लागेको छ। उनी लमजुङका १२ वर्षीय बालक हुन् । विवेक कक्षा ५ मा अध्ययनरत छन्। उनी हाल महेन्द्र राष्ट्र माध्यमिक विद्यालय, बालुवाटारमा अध्ययन गर्दै आएका छन्। हराएका व्यक्तिहरूको खोजीमा देखाएको उनको सक्रियता र सामाजिक भावनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।






































