समाचार

    Showing 23,121-23,130 of 26,772 items.
  • माओवादी केन्द्रका नेता दाहालले दिए पदबाट राजीनामा

    बिर्तामोड / नेकपा माओवादी केन्द्र बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले पदबाट राजीनामा दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोर्नुपरेको भन्दै दाहालले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकाहरू पराजित भएपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको बताए । नगर इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिए पनि पार्टीको आन्दोलन, जनता र राष्ट्रको हितमा विगत २ दशकदेखिको यात्रामा कमी नहुने दाहालले विज्ञप्तिमा बताएका छन् । 

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 151 पटक पढिएको
  • गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीले पाए माफी

    काठमाडौँ / विभिन्न कसुरमा दोषी ठहर भइ कैद सजाय भुक्तान गर्दै आएका  ८३४ जना कैदीको गणतन्त्र दिवसको अवसरमा सजाय माफी मिनाहा भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बू समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यस्तै संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 79 पटक पढिएको
  • सरकारी कर्मचारीको तलब बढाउने तयारी, कतिसम्म बढ्दैछ ?

    काठमाडौँ / सरकारले निजामती कर्मचारीको तलब भत्ता बढाउने भएको छ । प्रत्येक तीनतीन वर्षमा निजामती कर्मचारीको तलब भत्ता पुनरावलोकन गर्ने व्यवस्थाअनुसार सरकारले फेरि तलब बढाउने तयारी गरेको हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अर्थमन्त्री युवराज खतिवडाले तीन वर्षअघि कर्मचारीको तलब बढाएका थिए। गत वर्ष २ हजार रुपैयाँका दरले तलब बढाएकाले अहिले पुनरावलोकन गर्न सरकारलाई दबाब परेको हो।अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकर मरासिनी धेरैथोरै जति सकिन्छ, तलब बढाउनुपर्छ भन्ने पक्षमा छन्। निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन गरी सुझाव दिन गठित स

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 165 पटक पढिएको
  • देशभर हावाहुरीसहित वर्षाको सम्भावना

    झापा / स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 95 पटक पढिएको
  • जङ्गलमा सिकार खेल्न गएका युवाको गोली लागेर मृत्यु

    झापा / दाङको बङ्गलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका युवकको गोली लागेर एकजनाको  मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगर रहेको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको र घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ ।  

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 59 पटक पढिएको
  • आईपीएल : उपाधि पाउन आज राजस्थान र गुजरात सामना गर्दै

    एजेन्सी / शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो । फाइनल खेल आइतबार राति सवा ८ बजे हुँदैछ । 

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 92 पटक पढिएको
  • बिदेस पठाइदिन्छु भनेर ठगी गर्ने काठमान्डौको वसन्त चोक बाट पाण्डे पक्राउ

            विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।  उनीलाई ठगी कस

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 85 पटक पढिएको
  • बिदेस पठाइदिन्छु भनेर ठगी गर्ने काठमान्डौको वसन्त चोक बाट पाण्डे पक्राउ

            विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।  उनीलाई ठगी कस

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 150 पटक पढिएको
  • पाँच करोड ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित २ जना पक्राउ

    काठमाडौं / पाँच करोड २० लाख ठगी गरेको आरोपमा प्रहरीले ७२ वर्षीय वृद्धसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका –७ बस्ने केशव प्रसाद अधिकारी र  भक्तपुर नगरपालिका –८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुर सुडालमा रहेको ४ आना सरकारी जग्गा र अन्य व्यक्तिको निजी जग्गासमेत देखाएर उनीहरूले पाँच करोड २० लाख ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो भक्तपुर नगरपालिका १० स्थित मालपोत गेटबाट पक्राउ ग

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 142 पटक पढिएको
  • प्रहरी चौकी तोडफोड गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

    झापा / सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका- ९ मा प्रहरी चौकी तोडफोड गरेको आरोपमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्  । पक्राउ पर्नेमा २५ वर्षीय गोपाल भन्ने विकल्प वली रहेको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच वैशाख २२ गते झडप भएको र काङ्ग्रेस कार्यकर्ता सुरक्षाको लागि प्रहरी चौकीमा गएपछि माओवादी कार्यकर्ताले नुवाकोट प्रहरी चौकी नै तोडफोड गरेका थिए ।आरोपित विकल्पलाई प्रहरी चौकी तोडफोड गर्ने मुख्य भूमिका रहेको आरोपमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम प

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.