समाचार

    Showing 23,211-23,220 of 26,772 items.
  • आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै कांग्रेस

    काठमाडौं / आज दिउँसो ३ बजे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।पत्रकार सम्मेलन  पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 67 पटक पढिएको
  • शिवसताक्षीको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेद्वार निर्वाचित

    बिर्तामोड / झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।  प्रमुख पदमा नेकपा (एमाले) का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन्  ।उस्तै उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 62 पटक पढिएको
  • पहिलो सन्तान छोरी जन्माउनेलाई एक हजार भत्ता

    बैतडी / कर्मचारीबाट राजीनामा दिएर बैतडीको पाटन नगरपालिका –१० को वडा अध्यक्षमा विजयी भएका वडा अध्यक्षले पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेका छन् ।  स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका वडा अध्यक्ष धनबहादुर कुवँरले आइतबार पदभार ग्रहण गरेकै दिन छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता निर्णय गरेका हुन् । पदभार ग्रहण गर्दै लैङ्गिक असमानता हटाउन पहिलो सन्तानको रुपमा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप एक हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको वडाध्यक्ष धनबहादुर कुँवरले बताए ।  वडाध्यक्ष कुँवरले भन्नु

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 80 पटक पढिएको
  • को हुन् महानिरीक्षक अर्याल ?

    बिर्तामोड / राजु अर्याल सशस्त्र प्रहरी बलका महानिरीक्षक हुन् । उनी काठमाडौँको तारकेश्वर नगरपाकिा–५ मा बसोबास गर्दै आएका छन् । वि सं २०५४ साल चैत १८ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रारम्भ गरेका अर्याल एक अनुभवप्राप्त सुरक्षा अधिकारी रहेका छन् । २०५८ सालमा शसस्त्र प्रहरी बल स्थापना भएपछि एक दर्जा बढुवा भएर समायोजन भएका अर्यालले आईजीपीको चार वर्षे कार्यकाल पूरा गर्नेछन् ।आइजीपी अर्यालले सशस्त्र प्रहरी बलको प्रवक्ताको रुपमा समेत काम गरिसकेका छन् भने उनलाई राम्रो सम्पर्क भएका कमान्डरको रूपमा चिन्न सकिन्छ ।  ग्रामीण विकास, राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नात

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 425 पटक पढिएको
  • शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा आगलागी हुँदा ३६ वर्षीया सुवेदीको मृत्यु

    भरतपुर / भरतपुरमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टि झुन्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो ।घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर- ७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहे

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 108 पटक पढिएको
  • बाढी पहिरोमा परि ५७ जनाको मृत्यु, लाखौँ मानिसको विचल्ली

    एजेन्सी / बंगलादेश र भारतका विभिन्न भागमा आएको बाढी र पहिरोमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि लाखौँ मानिस बिचल्लीमा परेका छन् । बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट करिब २० लाख मानिस बिचल्लीमा परेका छन् भने करिब १० लाख मानिस प्रभावित भएका छन् ।भारतको उत्तरपूर्वी भागबाट आएको बाढीको पानीले बराक नदीको ठूलो तटबन्ध भत्काउँदा जाकीगञ्जका कम्तीमा १०० गाउँ डुबानमा परेको सिल्हट क्षेत्रका प्रमुख सरकारी प्रशासक मोशर्रफ हुसेनले बताए । ‘बाढीबाट २ लाख मानिस बिचल्लीमा परेका छन्’, उनले भने । यो साता मात्र कम्तीमा १० जनाको मृत्यु भएको उनले बताए ।  

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 111 पटक पढिएको
  • माछा मार्न गएका काका भतिजको खोलामा डुबेर मृत्यु

    बुटवल / अर्घाखाँचीको शितगंगा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर काका भतिजको मृत्यु भएको छ । प्यूठान नौबहिनी गाउँपालिका वडा नम्बर ८ फोप्लीका ५० बर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको मृत्यु भएको हो । शितगंगा नगरपालिका –७ र ९ को सीमानामा पर्ने शितखोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए । प्युठान फोप्लीका उनीहरु अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ औले निवासी हिरा घर्ती पल्लीको छोरीको न्वारानको भोज खान आएका थिए । शुक्रबार राती औल

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 64 पटक पढिएको
  • हेटौंडा - काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

    हेटौंडा /  हेटौंडा - काठमाडौं सडक खण्डमा भएको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।हेटौडाबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको मिनी ट्रक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -२ सिमखोलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पीडका कारण गाडी सडकमै पल्टिएको छ । गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखोलामा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि २ जनालाई काठमाडौंको ट्रमा सेन्टरमा र ५ जनालाई हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको थियो । उपचारका लागि पठाएकामध्ये ३ जनाको हेटौंडामै र

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 59 पटक पढिएको
  • सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

    वालिङ / सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो ।आज पनि सार्वजनिक बिदा भएकाले अनुमति विना सरकारी

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 164 पटक पढिएको
  • सिरहामा धारिलो हतियार प्रयोग गरि बाबुछोराको विभत्स हत्या

    सिरहा / सिरहामा शनिबार मध्यराति धारिलो हतियार प्रयोग गरि बाबुछोराको विभत्स हत्या भएको छ । जिल्लाको अर्नामा गाउँपालिका- १ महनौरका ६० वर्षीय चुलाही भनिने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । २० वर्षीय छोरा सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने खुशीमा महिलाहरू राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि उनीहरुको हत्या भएको हो । हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरेको छ। उनीहरु दुवैको ओछ्यानमै शव फेला परेको छ सिरहा प्रहरी प्रवक्ता डीएसपी सुभास ढकालले भने, शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिर

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 78 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.