धनगढी / कैलालीमा ट्रयाक्टर र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका- १ की ३० वर्षीया सविता कलेल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका -३ कुचौनीमा से १ त ६८२७ नम्बरको ट्रयाक्टर र सु प प्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएको हो ।स्कुटरमा सवार लम्कीचुहा- ७ की २५ वर्षीया जमुना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ट्रयाक्टर चालक गौरीगंगा- ७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिएर थप
झापा / भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा समेत जन्माएकी छिन् । आफ्नै घरको गोठमा गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेपछि गर्भ रहन गई उनको छोरी समेत जन्मिएको हो । नाबालिका बलात्कृत भएर बच्चा जन्मिएको करिब चार महिना हुन लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडितका बाबुले दुःख व्यक्त गरेका छन् ।घटनाबारे पीडित नाबालिकाका बुबाले २०७८ पुस १९ गते नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका थिए । प्रहरीका अनुसार घटनाका सम्बन्धमा गाउँमा चर्चा चलेपछि त्यही समयदेखि नै अभियुक्त राई फरार रहेका छन् । पीडितका बुबाका
काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं / विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा विद्यार्थी पढाइरहेका कलेजले अवैध रूपमा कारोबार गर्दै आएको पाइएको छ । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार २०७७ माघदेखि हालसम्म औपचारिक रुपमा डेढ अर्ब रुपैयाँ सम्बन्धनकै नाममा बाहिरिएको देखिएपनि अझ बढी अवैध रूपमा कारोबार हुने गरेको पाइएको हो । नेपालमा ८६ वटा कलेजले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर विद्यार्थी पढाइरहेका छन् । विदेशमा रहेका विश्वविद्यालयले नेपाललाई सम्बन्धन दिएका कलेजलाई ओरिजिनल इन्भ्वाइस पठाउनु पर्ने हुन्छ । प्रत्येक विद्यार्थीका नाममा उनीहरूले बिल पठाउनुपर्ने प्रावधान विपरित गएर थर्ड पार्टी संरचना खडा गरेर क
पोखरा / पोखरा महानगरपालिकामा १ लाख मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छिन् । महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा १ लाख १ हजार १ सय २१ मत गनिएको छ । जसमा मेयरका उम्मेदवार आचार्य ३ हजार २ सय ६० मतको अग्रतामा रहेका छन् । उनी एमालेका कृष्ण थापाभन्दा निकै अघि बढेका छन् । उनले ४० हजार ४ सय ३४ मत प्राप्त गर्दा एमालेका थापाले ३७ हजार १ सय ७४ मत प्राप्त गरे । मेयरमै राप्रपाका शंकर खरालले ४ हजार ५ सय ८२ र स्वतन्त्र उम्मेदवार गणेश पौडेलले २ हजार ६ सय १३ मत ल्याएका छन् । उपमेयरमा एमालेकी मञ्जुले १ हजार ६ सय १२ मतको अग्रता लिएकी छिन् ।
काठमाडौँ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत परिणाम घोषणा हुन सकेको छैन । जसअनुसार नेपाली कांग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ । कांग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा
धरान / धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका
काठमाडौँ / हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ
काठमाडौं / शुक्रबार मात्रै एआईजीमा बढुवा गरिएको एआईजी बसन्त कुमार लामा दूई दीनको सेवा अवधि पछि अनिवार्य अवकाशमा जाने भएका छन् । लामा एआईजीमा ५६ वर्षे उमेर हद भएका कारण शनिबार मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएका हुन् । लामाले दुई दिने कार्यकाल सकेर अवकाश पाउने भएपछि नेपाल प्रहरीको पाँच एआईजीको दरबन्दी रिक्त हुने भएको छ ।रिक्त पाँच एआईजी पदमा डीआइजी उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी गरिएको छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा
एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टिट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आईपीएल यात्रा समाप्त हुनेछ । यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।लिगमा १३ खेल खेलेको दिल्ली १४ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको बैंगलोरक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.