समाचार

    Showing 23,231-23,240 of 26,772 items.
  • भारतको मध्यप्रदेशमा भाजपा नेताबाट कुटिएका वृद्ध मृत भेटिए

    एजेन्सी / भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही समयपछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए । ६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैँले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 64 पटक पढिएको
  • विदुर नगरपालिकाको उपमेयर माओवादी केन्द्रकी बोगटी निर्वाचित

    झापा / नुवाकोटको विदुर नगरपालिकाको उपमेयर नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएकी छिन् । उनी  माओवादी केन्द्रका दिवंगत नेता पोस्टबहादुर बोगटीकी छोरी हुन् । पत्रकारिता गर्दै आएकीले ११ हजार ६०६ मत ल्याएर नेकपा एमालेकी अम्बिका नेपाललाई पराजित गरेकी हुन् । हाल राजनीतिमा सक्रिय उनले विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेकी थिइन् । पछि उनीहरूले सम्बन्ध बिच्छेद गरेका थिए । यस्तै गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले एमालेका सन्जु पण्डितलाई पराजित गर्दै मेयरमा  निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 55 पटक पढिएको
  • अर्जेन्टिनाका डी मारियाले पिएसजी क्लब छोड्ने निश्चित

    एजेन्सी / अर्जेन्टिनाका फरवार्ड एन्जेल डी मारियाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)  छोड्ने निश्चित भएको छ ।पीएसजीले शुक्रबार डी मारियाले सिजनको अन्त्यबाट क्लब छोड्ने पुष्टि गरेको हो । डी मारियाले पिएसजी छोड्ने पक्का भएपनि नयाँ सिजनमा कुन क्लबमा देखिनेछन् भन्ने केही खुलाइएको छैन ।२०१५-१६ को सिजनमा पीएसजी प्रवेश गरेका डी मारियाले २९४ खेल खेल्दै ९१ गोल गरेका छन् । यस्तै, १११ पटक गोलका लागि असिस्ट गरेका छन् । ७ सिजनमा डी मारियाले १८ पटक उपाधि दिलाएका छन् ।

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 60 पटक पढिएको
  • लगातार घाटामा गएको कम्पनी पुनः नयाँ स्वरूपमा सञ्चालन हुँदै

    एजेन्सी / भारतीय हवाई सेवा कम्पनी जेट एयरवेजले एयर अपरेटरको प्रमाणपत्र पाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरण डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले जेट एयरलाई अनुमति दिएको हो ।केही महिनादेखि कम्पनी पुनः नयाँ स्वरूपमा सञ्चालनका लागि प्रक्रिया अघि बढाएको वायु सेवा व्यवस्थापन अनुमति पाएपछि निकै खुसी छ ।कम्पनीले गत महिना भिस्ताराका पूर्व योजनाकार तथा कमर्सियल अफिसर सञ्जीव कपुरलाई सिइओ नियुक्त गरेको थियो ।दक्षिण एसियाली मुलुकका वायुसेवा मध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी मानिएको जेट एयरवेज लगातार घाटामा गएपछि बन्द भएको थियो । यसका जहाज २०१९ अप्रिल तेस्रो सातादेखि ग्राउण्डेड छन् ।नयाँ व्यवस्थ

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 83 पटक पढिएको
  • देशभरबाट म्यादी प्रहरीको बिदाइ

    झापा / स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए । तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त भएका थिए । आचरणविपरीत गतिविधि गरेको कसुरमा उनीहरुलाई बर्खास्त गरिएको थियो । उनीहरुलाई ४० दिनको अवधि तोकी एक साताको सुरक्षा तालिम दिएर २८ चैतबाट खटाइएको थियो । उक्त अवधि शुक्रबार सकिएको हो । म्यादी प्रहरीलाई प्रहरी जवानसरह सेवा सुविधा दिइएको थियो ।  सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 69 पटक पढिएको
  • नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

    गुल्मी / गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 115 पटक पढिएको
  • १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापाबाट म्यादी प्रहरी पक्राउ

    बिर्तामोड / बलात्कारको आरोपमा झापाको गौरीगञ्जबाट एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका –५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेका छन् । ३ जेठ २०७४ मा उदयपुरको ताप्लीस्थत गहते जङ्गलमा लगेर १४ वर्षीया एक बालिकालाई बलात्कार गरी बेहोस बनाएर पोख्रेल फरार भएका थिए ।उदयपुरबाट फरार भएपछि उनलाई प्रहरीले खोजी गरिरहेको थियो । तर, स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पुरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक व

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 270 पटक पढिएको
  • मोरङको जहदामा ३५ वर्षीया गीतादेवीको हत्या , श्रीमान् फरार

    मोरङ / मोरङको जहदा गाउँपालिका- २ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् ।मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सूचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलीले घटनास्थल सुरक्षित गरेर अनुसन्धानको काम सुरु गरेको छ । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 209 पटक पढिएको
  • फराकिलो मतान्तर सहित बालेनको अग्रता कायमै

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् । शनिबार दिउँसो १ बजे सार्वजनिक भएको परिणाम अनुसार बालेनले ३४ हजार मत कटाएका छन् । ९३ हजार ६४७ मत गन्दा साहको खातामा ३४ हजार १३० मत परेको छ । एमालेका केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाएकी छन् । स्थापितसँग बालेनको मतान्तर १५ हजार ५८३ छ भने सिर्जनासँग १५ हजार ७०१ छ । सिर्जना र स्थापित बीचको मतान्तर ११८ छ । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 105 पटक पढिएको
  • सशस्त्रको एआईजीमा पौडेलको बढुवा

    बिर्तामोड / सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएकोमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो । डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । ढुवासँगै पौडेल सशस्त्रको भावी आईजीको रोलक्रममा अन्य अधिकारीभन्दा अघि भएका छन् । सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि गत २१ वैशाखमा पौडेललाई एकल रुपमा बढुवा सिफारिस गरिएको थियो । बढुवा सिफारिसमा चित्त नबुझ्ने डीआइजीहरूले सशस्त्र प्रहरी नियमावली अनुसार ७ दिनभित्र उजुरी दिन सक्ने सूचना जार

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • 68 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.