समाचार

    Showing 23,301-23,310 of 25,279 items.
  • उच्च अदालत पाटनद्वारा एनआरएनएको निर्वाचन नरोक्न आदेश

    काठमाडौँ / गैर आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नारीश्वर भण्डारीको संयुक्त इजलासले एनआरएनएको निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको हो । अदालतले यसअघि निर्वाचन रोक्ने र एनआरएनएको वर्तमान कार्यसमितिलाई काम गर्न रोक लगाउने परराष्ट्र मन्त्रालयको असोज ११ र मंसिर १७ गतेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको क्षेत्राधिकारमा हस्तक्षेप गर्दै कार्यसमितिलाई काम गर्न रोक लगाएपछि संघका अध्यक्ष अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतको आद

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 60 पटक पढिएको
  • बाघ गन्न जङ्गल पसे विद्यार्थीदेखि रिटायर्ड कर्मचारी

    चितवन / ६६ वर्षीय हर्कमान लामा १४ वर्ष टाइगर इकोलोजी प्रोजेक्ट र ३२ वर्ष बढी राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गरेर तीन वर्षअघि निवृत्त भएका थिए ।सेवानिवृत्त भए पनि उनी थाकेका छैनन् । आइतबारबाट सुरु भएको बाघ गणनाका लागि उनी एउटा समूहको नेतृत्व गर्दै चितवन राष्ट्रिय निकुञ्जको जङ्गल पसेका छन् ।सन् १९९४ मा पहिलो पटक भएको बाघ गणनामा पनि उनी वन्यजन्तु प्राविधिकका रूपमा सहभागी भएका थिए ।त्यतिखेर जङ्गल डुलेर बाघको पाइलाको आधारमा तथ्यांक निकालिन्थ्यो ।सुरुमा पाइला खोज्दै पैदलै निकुञ्ज सर्लक्कै भ्याउँथ्यौ। पछि रिलवाला क्यामेराले रेकर्ड गर्न थाल्यो, डिजिटल क्यामेरा हुँदै अहिले त स्वचालित क्यामेरा

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 66 पटक पढिएको
  • नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पाण्डे विजयी

    पन्जाब / नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् ।आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौँ अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।पाण्डेले आफ्ना प्रतिस्पर्धी धर्मागत काफ्लेलाई ७० मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन् । निर्वाचनमा कूल एक सय ६२ मत खसेको मा पाण्डेले ११६ र काफ्लेले ४६ मत पाए । अहिले अध्यक्षको लागि मात्रै चुनाव भएको र बाँकी पद र केन्द्रमा पठाउने प्रतिनिधि सहमतिका आधारमा टुंग्याउने निर्णय भएको जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेलले जानकारी दिए । अधिवेशनको

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 64 पटक पढिएको
  • इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

    चितवन,/ जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि  ई–कमर्स इन्टरनेशनलले अवैधरुप मा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका –७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका –७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना रहेका छन् ।नेपाल राष्ट्र बैंकबाट मान्यता इजाजत प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तय

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 85 पटक पढिएको
  • राष्ट्रपति भण्डारी आगामी साता जुम्ला जाने

    जुम्ला / राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता जुम्ला जाने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको एमबिबिएसलगायतका कार्यक्रमको उद्घाटन गर्न राष्ट्रपति २६ मङ्सिरमा जुम्ला जान लागेकी हुन् ।प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला जाने कार्यक्रम तय भइसकेको छ । त्यहाँ एमबीबीएस र प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुने कार्यक्रम छ ।प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुने जानकारी आएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 56 पटक पढिएको
  • तनहुँमा गोली लागेर एक युवकको मृत्यु

    पोखरा  / तनहुँको शुक्लागण्डकी नगरपालिका –१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै १७ वर्षीय रोहित मल्ल रहेका छन् । आइतबार राति शुक्लागण्डकी स्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएका बेला गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुन बहादुर गुरुङलाई पक्राउ गरेको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 76 पटक पढिएको
  • ३३ केजी सुन तस्करी प्रकरण : झापाका अग्रवाल दुबईबाट पक्राउ

    बिर्तामोड / बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका झापाको शिवगन्ज स्थायी ठेगाना भएका कृष्ण गोपाल अग्रवाल बल्ल पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न चुडामणि उप्रेती  गोरे समुहका मुख्य सदस्य मानिएका अग्रवाल इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ परेका हुन् ।त्रिभुवन विमानस्थलबाट आएको ३३ केजी सुन हराएपछि खोजीका क्रममा गोरे समुहको यातनका कारण मारिएका उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अग्रवाललाई पक्राउ गर्न प्रहरीले कोसिस गर्दै आएको थियो ।तत्कालीन छानविन समितिले ठहर गरेको ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न मानिएका अग्रवाललाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 429 पटक पढिएको
  • स्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित एक पक्राउ

    काठमाडौँ / काठमाडौँबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिरोसी खनाल रहेका छन् । दरबारमार्गमा कपडा पसल सञ्चालन गर्दै आएका खनालको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 74 पटक पढिएको
  • लागूऔषध सहित तीन पक्राउ

    विराटनगर / मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे –२ का २४ वर्षीय राजु मोते, उर्लाबारी नगरपालिका –७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चो रहेका छन् । मोतेलाई हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरको १ नम्बर ढाँटबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको साथबाट प्रहरीले लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ । त्यस्तै मगर र यक्चोलाई हिजो (शनिबार) बेलुका सात बजे दुहबी

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 62 पटक पढिएको
  • सुनसरीमा बस दुर्घटना : एकको मृत्यु, २० घाईते

    सुनसरी / कोशी गाउँपालिका –८ भन्टाबारीमा बस दुर्घटना हुँदा बसका सह–चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपालिका –८ का २६ वर्षीय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरटेक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका –८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 69 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.