बुटवल / रूपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवा अपहरणमा परेका छन् । रोहिणी गाउँपालिका –२ मैनिहवाका २१ वर्षीय अनिल कहार अपहरणमा परेका हुन् । भारतीय चार जना नागरिकले अनिलको अपहरण गरेको परिवारको दाबी छ । भारतीय नागरिक सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर उनलाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् ।अनिलको बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको उनकी आमाले बताएकी छन् । अपहरणमा संलग्नहरूको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।
बिर्तामोड / सरकारले आज मंसिर एक गते (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्ने भएको छ । राहदानी विभागको त्रिपुरेश्वरस्थित नयाँ भवनमा आज दिउँसो दुई बजे आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने भएका हुन् । परीक्षण सकिए लगतै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै नेपालमा औपचारिक रुपमा ई–पासपोर्ट प्रचलनमा ल्याउने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुप
झापा / झापाको बिर्तामोड नगरपालिका –१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक पत्रिका आज मंसिर १ गते २६ वर्ष पूरा गरी २७ वर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाईं, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैल
काठमाडौँ//काठमाडौँमा बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको हो । स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाहको मृत्यु भएको प्रहरीले बताएको छ।ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको बताइएको छ।
इटहरी / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २१ जना कार्यकर्तालाई सुनसरी प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । नेकपाले आव्हान गरेको बन्द सफल बनाउन भन्दै यातायात र बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । पक्राउ परेकामा नेकपा सम्वद्ध युवा विद्यार्थी सङ्गठनका कार्यकर्ता रहेको प्रहरीले जानकारी गराएको छ ।एलपी ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । मंगलबार बिहानैदेखिको बन्दका कारण प्रदेश एकका इटहरी,बिर्तामोड , इन
चितवन / नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो। सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन् । ‘जिल्लाभर अवरोध गर्
भक्तपुर / मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ। आज (मंगलबार) बिहान मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा बागमती प्रदेश ०२-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । काठमाडौंबाट भक्तपुर जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका लोकन्थली बस्ने प्रदीप कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल थिमी, भक्तपुर लगिएको थियो। उनको उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको प्रहरी निरीक्षक जिसीले बताएका छन्। शव पोष्ट
काठमाडौँ / ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् । तोडफोड भएको बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरले जनाएका छन् । प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।
मोरङ / मोरङको बेलबारी नगरपालिका ५ कसेनी स्थितमा ट्याक्टर पल्टदा २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन् ।सोमबार बेलुका को २ त.८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिंदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाम // इलाममा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। इलामको सन्दकपुर गाउँ पालिका – १ चाँपगैरी का ३० वर्षीय चक्र मुखियाले ३५ वर्षीय दाजु इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। सोमबार मदिरा पिएर दाजुसँग वादविवाद गरि आवेगमा चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भाइ चक्रलाई पक्राउ गरि वादविवादको घटनाले हत्याको रूप लिनु पर्ने कारणबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.