झापा / प्रहरी प्रधान कार्यालयले एकैपटक ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरीले बिहीबार डिएसपीहरूको सरुवा सूची सार्वजनिक गरेको हो ।सरुवा भएका डीएसपीहरुको सूची यसप्रकार छ।
महोत्तरी \ महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टी स्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दीप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका – ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएको थियो । आगोले उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकोमा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जान
सप्तरी / सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका –२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा –३ निवासी २२ वर्षीय राजुकुमार तिवारीलाई उपचारका लागि विराराटनगर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।मोटरसाइकलमा सवार नाम
काठमाडौँ / काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा छ ।दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सफा छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी
एजेन्सी / समाजिक सञ्जाल ह्वाट्सएप इन्टरनेट बिनानै चल्ने भएको छ । एक नयाँ फिचरका साथ प्रयोगकर्ताले ह्वाट्सएप इन्टरनेट बिनानै चलाउन पाउने भएका हुन् । अव एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा नजोडी मल्टि डिभाइस फिचरको प्रयोग गर्न पाउने भएका छन् । ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताबिनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ । प्राइमरी स्मार्ट फोन विनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर पनि परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ । यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्
मकवानपुर / मकवानपुरबाट १ सय २२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका –२ का नरबहादुर मुक्तान रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई मनहरी गाउँपालिका –९ जयसिंहबाट पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले १ सय २२ किलो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँ / १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका –८ का २४ वर्षीय सञ्जय नाथ रहेका छन् । नाथ विरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुममा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । नाथ पत्रकार हुन् । उनले गत सोमबार ती किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो।
मकवानपुर \ मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।जनकपुरबाट काठमाडौँ तर्फ आइरहेको ना२ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश (२) ०३०१ ख ५०३५ नं को ट्रकले मंगलबार राति हेटौँडा स्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । रिमालका अनुुसार घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडा स्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
धनगढी / कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (मंगलबार) राति टीकापुर नगरपालिका –१ स्थित सिद्धार्थ होटल नजिकै दुई समुहबीचको भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका –१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ ।पूर्व रिसिबीलाई लिएर दुवै समुहबीच भएको झडपमा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । युवकको हत्यामा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
विराटनगर / प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ ।सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ ।सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.