काठमाडौँ / केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब एक सय पचास घरसम
बुटवल / कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका –११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लौनिया रहेका छन् ।उनले गत भदौ १५ गते श्रीमती ३५ वर्षीया चिन्का लोनियालाई बुद्धभूमि नगरपालिका –९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर हत्या गरी रामकेवल फरार भएका थिए । भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कंकाल असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तु प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए ।इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लोनियालाई कार्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका –९ डुमराब
ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका –७ पात्ले खानिचौरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय निमा शेर्पा रहेका छन् । शेर्पाको आइतबार दिउसो ११ बजे घरबाट अन्दाजी ५०० मिटर पश्चिममा रहेको खस्रुको रुखमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरले जानकारी दियो ।
सुनसरी / सुनसरीको इटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारी रहेका छन् । आइतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबेर घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान / सुनसरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका –८ का २० वर्षीय अल्ताप मियाँ र २२ वर्षीय गियासुदिन मियाँ रहेका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र१–०१–००१ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प७६३ नम्बरको मोटरसाइकललाई कोशी गाउँपालिका –८ स्थित पूर्व–पश्चिम लोकमार्गमा ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका अल्ताप र गियासुदिनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बस चालक झापाको कन्काई नगरपालिका –२ बस्ने ५५ वर्षीय पुष्प अधिकारी प्रहरीको नियन्त्रणम
सल्यान / सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।आइतबार विहान ११ बजेतिर सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस कपुरकोट गाउँपालिका –५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।बस सडकबाट २०० मिट
सल्यान / सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका –५ स्थित खार खोलामा दुर्घटना भएको हो ।दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ ।दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।
चितवन \ चितवनमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।शनिबार राति राप्ती नदीको ड्यामसाइड घुम्न गएका व्यक्तिहरू माथि हात्तीले आक्रमण गरेको थियो।राप्ती –१ घलानचोक बस्ने २८ वर्षीय सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।सोही ठाउँका ३५ वर्षीय कृष्ण लामा र २३ वर्षीय शक्ति गुरुङ पनि ड्याम साइड घुम्न गएका थिए ।
बिर्तामोड / प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।आइतबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राती देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आं
बिर्तामाेड / ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शनिबार राती बिरामी लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ आउँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्के डाँडामा दुर्घटनामा परेको थियो।दुर्घटनाबाट मैवाखोला –२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा परी अन्य छ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । एम्बुलेन्स साँघुरो सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.