समाचार

    Showing 23,511-23,520 of 26,772 items.
  • काभ्रे दुर्घटना अपडेट : ५ मृतकको सनाखत, १९ जनाको उपचार हुँदै

    काभ्रे / काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको सनाखत भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ बढुवेशीमा बुधबार जिप र गाडी ठोकिँदा १९ जना घाइते भएका हुन् ।दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल , कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल र सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु रहेको र घाइतेको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 83 पटक पढिएको
  • भारतबाट भन्सार छलेर ल्याएको ५० लाख बराबरको सामाग्री बरामद

    विराटनगर / विराटनगरमा प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको २५ लाख बराबरको सामाग्री बरामद गरेको छ । अवैध रुपमा ल्याएको सामाग्री सहित प्रहरीले सवारी चालकलाई समेत पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे जिल्लाका ५२ वर्षीय ट्रक चालक गोपालनाथ राई रहेका छन् । ना ३ ख ७८१२ नम्बरको ट्रकमा ४२०० केजी केराउ भारतबाट भन्सार छलेर लत्याउदै गरेको पाएपछि उनी पक्राउ परेका हुन् । त्यसैगरी , विराटनगरमा नै भारतीय मोटरसाइकलमा भन्सार छलेर २५ लाख बराबरको कपडा ल्याउँदै गरेको पाएपछि प्रहरीले एकलाई पक्राउ गरेको छ । जोगवनीका २९ वर्षीय अनोज सिंहलाई अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको पाएपछि प्रहरीले पक्राउ

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 110 पटक पढिएको
  • भन्सार छलेर ल्याएको ९५ हजार बराबरको सामान बरामद

    बिर्तामोड / विराटनगरमा सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । विराटनगर–१६ दरैयाबाट केशलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।प्रहरीले ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा एक कार्टुन बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक दिलकुमार पन्तले बताएका छन् ।नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालय विराटनगरमा दाखिला गरिएको छ भने भन्सार छलेर सामान ल्याउने व्यक्ति भने फरार रहेको समेत प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 97 पटक पढिएको
  • रकम हिनामिना गरेको आरोपमा नगरपालिकाका प्रशासकीय अधिकृत सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    झापा / मुगुको छायानाथ रारा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू  इन्जिनियर महेश सिंह, असिस्टेन्ट सबइन्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।  छायानाथ रारा नगरपालिकाले वड

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 66 पटक पढिएको
  • काभ्रेमा जिप दुर्घटना: ५ को मृत्यु , १८ जना घाइते

    काभ्रे / काभ्रेमा भारतीय पर्यटक सवार गाडी र जिप एक आपसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय यात्रु सवार युपी ५८ टी ८१८१ नम्बरको गाडी र सिन्धुलीबाट काठमाडौं गइरहेको ना १ ज ४२१० नम्बरको जिप बुधबार मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो ।प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ । ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 64 पटक पढिएको
  • झापा सहित प्रदेश एकमा मात्रै १७ हजार म्यादी प्रहरी परिचालित

    बिर्तामोड / मुलुकमा स्थानीय तह निर्वाचनको लहर लागिरहेको समयमा निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्थाका लागि झापामा मात्रै दुई हजार ९ सय म्यादी प्रहरी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि भन्दै विशेष तालिम , पारिश्रमिक र सुविधाका साथ प्रदेश एकमा मात्रै १७ हजार भन्दा बढी म्यादी प्रहरी खटाइएको हो । नेतृत्व फेरबदल गर्ने विशेष अवसरको रुपमा आएको स्थानीय तह निर्वाचनमा मतदाताको सुरक्षा , मतदाताले दिएको मतको सुरक्षा लगायतका सुरक्षाकालागि सरकारले करारमा म्यादी प्रहरीलाई परिचालन गरेको हो ।  त्यस्तै , प्रदेश एकमा मात्रै चार हजार पाँच सय ३१ महिला म्यादी प्रहरी रहेका

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 89 पटक पढिएको
  • विराटनगरकी उपप्रमुख उम्मेदवार विरुद्ध सर्वोच्चमा रिट

    बिर्तामोड / विराटनगर महानगरको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।निर्वाचन आयोग सहित कार्की विरुद्ध पनि आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै रिट दर्ता भएको हो । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठमाडौं र एमाले उम्मेदवार कार्कीविरुद्ध विराटनगर महानगरका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै यादवले उम्मेदवारी खारेजी माग गर्दै सोमवार रिट दर्ता गराएका थिए ।निर्वाचन कार

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 75 पटक पढिएको
  • बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक पक्राउ

    भोजपुर / भोजपुरमा एघार वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका- १ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 74 पटक पढिएको
  • आजदेखि नियमित काममा फर्किए एआईजी थापा

    काठमाडाैँ / नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा आजदेखि नियमित काममा फर्किएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा प्रति असन्तुष्ट उनी १० दिन बिदामा बस्ने भएका थिए । तर, सोमबार गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट भएपछि उनी बिदा नबसी काममा फर्किएका हुन् । थापा कनिष्ठ एआईजीलाई आइजीपी बनाएपछि असन्तुष्ट थिए । वरिष्ठताका आधारमा उनी दोस्रो वरियताका एआईजी हुन् । पहिलो वरियतामा भने विश्वराज पोखरेल छन्। पोखरेल भने न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका छन् । थापा भने अदालत गएनन् ।उनी प्रहरीको कार्य विभागको नेतृत्वमा छन् । सोही विभागले नै निर्वाचन सुरक्षा मामि

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 80 पटक पढिएको
  • कर्णाली प्रदेश सरकारले २०७९ सालमा थप्यो ८ दिन सार्वजनिक बिदा

    झापा / कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रिय बाहेक प्रदेशभरि थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो ।ऐतिहासिक दिनका रुपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ ।साउन १ गतेलाई साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्त

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 55 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.