समाचार

    Showing 23,531-23,540 of 26,772 items.
  • माओवादीका वडा सदस्य उम्मेदवारमाथि आक्रमण

    कैलाली / बैतडीमा माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति वडा सदस्यका उम्मेदवार रहेका ६० वर्षीय हरिराम साउँद माथीे खुकुरीले प्रहार गर्दै आक्रमण भएको हो । स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताएका छन् । टाउको र शरीरमा गहिरो चोट लागेका साउदलाई गोकुलेश्वर अस्पतालमा लगिएको थियो भने समान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 97 पटक पढिएको
  • श्रम सम्झौता परिमार्जन गर्दै सरकार

    बिर्तामोड / अर्थतन्त्र धर्मराउँदो अवस्थामा रहेको समयमा सरकारले वैदेशिक रोजगारीका लागि श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई उत्थान गर्ने अभियान थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरेको सम्झौतालाई परिमार्जन गर्दै केही नयाँ गन्तव्यसँग सम्झौता गर्ने तयारी गरेको हो ।श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसायिक रूपमा ११० र व्यक्तिगत सहित १७० भन्दा बढी देशमा रोजगारीमा जान श्रम स्वीकृति ज

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 71 पटक पढिएको
  • ६२ लाख रुपैयाँ बराबरको सुनका गहना सहित युवक पक्राउ

    बाँके / बाँकेमा ६२ लाख रुपैयाँ बराबरको करिब एक किलो सुनका गहनासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगपारपालिका- १ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका वडा नम्बर -२ एलगाउँस्थित सुवेदी चोकबाट  सुनका गहना सहित सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 57 पटक पढिएको
  • आफ्नै घरको छतबाट खस्दा भक्तपुरमा ४४ वर्षीया महिलाको मृत्यु

    भक्तपुर / आफ्नै घरको छतबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका- ८ लिवालीकी ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । सोमबार राति पाँच तलामाथिबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकोमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 70 पटक पढिएको
  • मनसुनको झल्को दिने गरी वर्षा

    काठमाडौँ / सक्रिय पूर्वमनसुनका कारण आइतबार रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ । नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार यति बेला नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय प्रणाली र पश्चिमी वायुसहितको वर्षा गराउने प्रणाली सक्रिय छ ।तेहेरो मौसमी प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा निरन्तर जस्तै रहने महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले भने, “सोमबार रातभर देशका धेरैजसो स्थानमा वर्षाको क्रम जारी छ, मङ्गलबा

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 55 पटक पढिएको
  • भारतीय एसएसबीद्वारा दशगजामा हवाई फायर

    विराटनगर / नेपाल र भारतको सिमा क्षेत्र दश गजा रहेको विराटनगरको इस्लामपुरमा भारतीय एसएसबीले तीन राउण्ड हवाई हवाई फायर गरेका छन् । इस्लामपुरका स्थानीयका अनुसार सोमबार दिउँसो दुई बजे डियुटिमा खटेका एक भारतीय एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेका हुन् ।भारतीय एसएसबीले मदिरा सेवन गरेका कारण होहल्ला गरेपछि स्थानियले उनलाई घेरेको एक स्थानिय सुरज मण्डलले जानकारी दिएका छन् । स्थानीयको भिड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुन सक्ने सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले बताएका छन् ।मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा भएपनि भारत

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 325 पटक पढिएको
  • आईजीपी नियुक्तिमा असन्तुष्ट बनेका पोखरेल पुगे सर्वोच्च

    बिर्तामोड / आइजीपी शैलेश थापा क्षेत्रीले अवकाश पाएसँगै सरकारले आइजीपीमा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिको विरोध गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।वरियता र वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका पोखरेल आइजीपीका बलिया दाबेदार मानिए पनि उनलाई पन्छ्याउँदै सरकारले  सिंहलाई नियुक्ति गरेपछि उनी सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका हुन् ।वरियताका आधारमा तेस्रो स्थानमा रहेका सिंहलाई विवादमा नतानिन सरकारले नियुक्ति गरेपनि यो विषय अझ संवेदनशिल बन्दै चर्चामा आएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 271 पटक पढिएको
  • युवकको हत्यामा संलग्न रहेको आरोपमा एक पक्राउ

    काठमाडौं / काठमाडौंको स्वयम्भुस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको शव वैशाख २ मा भेटिएको थियो ।  ३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका- १ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखाका चुमनुब्री गाउँपालिका- ३ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।हत्यामा संलग्न अर्का एक जनालाई प्रहरी वृत स्वयम्भूले य

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 265 पटक पढिएको
  • प्रदेश लोकसेवाले गर्यो विभिन्न पदमा दरखास्त आह्वान, कुनमा कति ?

    झापा / १ नम्बर प्रदेश लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । प्रदेशका लागि प्रशासन तर्फ अधिकृतमा ३७ जना र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जनाको माग गरेको छ । त्यस्तै सहायक बाली विकास अधिकृतमा दुई जना, बाली संरक्षण र बागवानीमा १ जना जना अधिकृत माग भएको छ भने भेटेरेनरी तर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षा तर्फ अधिकृतमा ८ जना माग गरिएको छ । प्रशासनतर्फको अधिकृतको लिखित परीक्षा साउन ७ गते अपरान्ह ३ बजे हुनेछ भने इन्जिनियरको परीक्षा साउन १३ गते अपरान्ह ३ बजे हुनेछ। परीक्षा केन्द्र व

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 98 पटक पढिएको
  • के तपाईँलाई थाहा छ ? कस्तो अवस्थामा हुन्छ मत बदर

    बिर्तामोड / आगामी वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् ।मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।मत बदर हुने अवस्थाहरू१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,५. उम्मेदवार नरहेको

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.