समाचार

    Showing 23,541-23,550 of 26,772 items.
  • कास्कीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु , कार चालक फरार

    झापा / कास्कीको अन्नपूर्णमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय बाबु जितबहादुर पुन र १८ वर्षकी छोरी सविना पुन रहेको प्रहरीले जनाएको छ । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जितबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबीच  परिवार र आफन्तले वार्ता गरिरहेका छन् । उनीहरूले कारका फरार चालकला

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 63 पटक पढिएको
  • पाथीभरा सडक सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे हुँदै

    ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । पाथीभरा सडकको सुकेटार–काफ्लेपाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । ट्याक निर्माण भएको लामो समयपछि कुल ११ किलोमिटर दूरी रहेको सुकेटार–काफ्लेपाटी सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।  दर्शनार्थीका कारण अत्यधिक सवारी चाप हुने यो सडक वर्षा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ । सडक कालोपत्रे गर्नेल

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 100 पटक पढिएको
  • नवनियुक्त आईजीपी थापा र अर्यालले लगाए दर्ज्यानी चिह्न

    झापा / नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।सोमबार आयोजित एक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले न्यौपानेले आईजीपीद्वयलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । तर, वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा भने अदालत जाने तयारीमा रहेका छन् ।सशस्त्रका एआईजी अर्याललाई पनि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । गत वैशाख ४ गते अर्याल एआईजी ब

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 340 पटक पढिएको
  • बबरमहलमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं / काठमाडौंको बबरमहलमा स्कुटर अनियन्त्रित भई  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका- ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् । आइतबार राति बानेश्वरबाट बबरमहल तर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर सडकको नालीमा पल्टिएको थियो । स्कुटर नालीमा पल्टिएसँगै गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा आइतबार राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 55 पटक पढिएको
  • ओखलढुङ्गा चट्याङले लागेर एक जनाको मृत्यु

    झापा / ओखलढुङ्गामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका -८ भुपिसुर्केका ७० वर्षीय जाङमु शेर्पा रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 45 पटक पढिएको
  • मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- ७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१६ का रूपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतबार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक श्रेष्ठ घाईते भएका थिए । श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 67 पटक पढिएको
  • बिर्तामोडबाट १५ लाख मूल्यबराबरको कपडासहित पिकअप नियन्त्रण

    बिर्तामोड / झापाको बिर्तामोडबाट प्रहरीले १५ लाख मूल्य बराबरको कपडासहित गाडी नियन्त्रणमा लिएको छ । बिर्तामोडको भद्रपुर रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सुचनाको आधारमा भन्सार छलेर ल्याइरहेको अवस्थामा कपडासहित गाडी नियन्त्रणमा लिएको हो । प्र ०१–००१–०१ ज३६०० नम्बरको पिकअपमा लोड गरेको अवस्थामा कपडा नियन्त्रणमा लिएको इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार नियन्त्रणमा लिएका पिकअपको चालक भने फरार छन् । पिकअपमा १५ लाख मूल्य बराबरको कपडा भएको प्रहरीले प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार बरामद गरिएको कपडा राजश्व अनुसन्धान

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 348 पटक पढिएको
  • भरुवा बन्दुक सहित रूपन्देहीबाट चारजना पक्राउ

    झापा /  भरुवा बन्दुक सहित रूपन्देहीबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ  पर्नेमा देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार शनिबार देवदह नगरपालिका-६ भलुही स्थित उजेरी पाल्पाली सामुदायिक वनमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट सात नाल भरुवा बन्दुक र त्यसमा लाग्ने १२१ पिस छर्रा, ३२७ ग्राम वारूद

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 75 पटक पढिएको
  • सरकार र आईस्पानको लडाइ : इन्टरनेट सेवा बन्द हुँदै

    काठमाडौँ / बेरुजुको विषयलाई लिएर सरकार र इन्टरनेट सेवा प्रदायक विच वार्ता नमिलेका कारण सर्वसाधारणले आगामी केही दिनबाट इन्टरनेटको प्रयोग गर्न नपाउने भएका छन् । सरकारले तिर्नै नपर्ने रकम तिर्न लगाएर विदेशी मुद्रा सटहीमा सहजीकरण नगरेकाले आगामी हप्ताबाट इन्टरनेट पूर्ण रुपमा बन्द हुन सक्ने आईस्पानले जनाएको छ ।६ महिनादेखि इन्टरनेट सेवा प्रदायक र सरकारबीच यस विषयमा विवाद भएपनि मिल्न नसकेका कारण इन्टरनेट बन्द गरिने आइस्पानले चुनौती दिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सेवा प्रदायकलाई बेरुजु बापतको रकम तिर्न लगाएपनि आइस्पानले&nb

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 75 पटक पढिएको
  • आईजीपी थापासहित १९ उच्च प्रहरीले पाए अवकाश

    काठमाडौँ / नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा हदका कारण आइतबारदेखि क्षेत्री सहित १९ जना उच्च अधिकारीले अवकाश पाएका हुन् ।१९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीको सेवा अवधि आइतबारबाट सकिएपछि सरकारले सो दिन नयाँ आइजीपीको रुपमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । क्षेत्रीको कार्यकाल सकिएपछि मुख्य नेतृत्वमा फेरबदल आएसँगै निर्वाचन सुरक्षा समेत प्रभावित हुने भएको छ । त्यस्तै , क्षेत्रीसँग १९ जना उमेर हदका कारण अवकाशमा गएपछि निर्वाचनको मुखमा प्रहरी चेनमा समेत प्रभ

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.