समाचार

    Showing 23,741-23,750 of 25,279 items.
  • तत्काल मनसुन बाहिरिने सम्भावना छैन : मौसमविद् नगरकोटी

    बिर्तामोड / अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’ उनले भनिन् ।यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यसपालीदेखि मनसुनको अवधि परिमार्जन गरिएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने म

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 73 पटक पढिएको
  • ताप्लेजुङमा युवतीको शव फेला

    ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका –७ मा एक युवतीको शव फेला परेको छ । शुक्रबार बिहान फुङलिङ नगरपालिका –४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बाल नरसिंह राणाले जानकारी दिए । बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डीएसपी राणाले जानकारी दिएका छन् । राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 82 पटक पढिएको
  • मन्दिरका घण्टीसहित दुई पक्राउ

    महेन्द्रनगर  / महेन्द्रनगर बजारबाट प्रहरीले मन्दिरको घण्टीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन्  । जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा ६ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।प्रहरीले छापा मार्न लाग्दा गोदाम  बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथ

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 84 पटक पढिएको
  • स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ

    बिर्तामोड / काठमाडौंको नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई घर भएका २६ वर्षीय सागर माली र कृष्ण अढाडे रहेका छन् । चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको हाइस माइक्रो चेक जाँच गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । 

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 108 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट एकको मृत्यु

    दैलेख / दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध –५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेका छन् । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । अरिङ्गालको टोकाइबाट घाइते भएका शाहीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । शाहीको उपचारको क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको स्थानीय सूर्य बहादुर शाहीले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 108 पटक पढिएको
  • व्यापारी हत्या प्रकरण : थप चार पक्राउ

    बैतडी / बैतडीको सुर्नया गाउँपालिका –४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका –५ का रामबहादुर मडै, वडा नम्बर –४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरा रहेका छन् ।  यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।सुर्नया गाउँपालिका –४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला पर

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 84 पटक पढिएको
  • मुलुकमा कति छन्, अखबार र अनलाइन ?

    काठमाडौँ / मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६ औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको छ ।अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 92 पटक पढिएको
  • सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

    काठमाडौँ / कागेश्वरी मनोहरा नगरपालिका –४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । उनले भने, –“नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गछौँ, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ ।”नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनको भनाइ थियो । कागेश्वरी

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 75 पटक पढिएको
  • इजरायल जानका लागि परीक्षा दिएका २ हजार जना भए पास

    बिर्तामोड / इजरायल जानका लागि आवेदन दिएका ९ हजार ६ सय जनामध्ये दुई हजार ८२८ जनाको आवेदन फारम वैदेशिक रोजगार विभागले अस्वीकृत गरेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको हो । आवेदकले प्रमाणपत्रहरू, उचाई, तौल, शैक्षिक योग्यता लगायतका कुरा स्वघोषणा गरी निवेदन दिएका थिए । तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्द गरिएको संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले बताएका छन् ।  विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना पर

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 94 पटक पढिएको
  • गृह मन्त्रालयद्धारा सशस्त्र प्रहरीका ११ डीआइजीको सरुवा

    काठमाडौँ  /  गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा गरेको छ । मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो।सरुवा अनुसार मन्दिप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यरत थिए । यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । अर्याल ९ नम्बर पशुपतिनाथ मुख्यालयमा, काठमाडौंमा कार्यरत थिए ।यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको

    • प्रकाशित मितिः असोज ८, २०७८
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.