समाचार

    Showing 23,841-23,850 of 26,772 items.
  • प्रदेश १: हिमाल सुरक्षा परिषदको आतंक, आफैँले बोकेको बम पड्कँदा दुई घाईते

    इटहरी / प्रदेश एकमा विगत एक महिना देखि हिमाल सुरक्षा परिषदको नामको संगठन बनाएर हिंसात्मक गतिविधि गर्दै आएको समूहका दुई सदस्य आफैँले बोकेको बम पड्कँदा घाईते भएका छन् ।सोमबार बेलुका इटहरी उपमहानगरपालिका २ को नव जागृति टोलमा आफ्नो साथमा बोकेको बम पड्कँदा दुई व्यक्ति घाईते भएका हुन् । घाईते हुनेमा सो टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङको ढोडेनी ५ का २३ वर्षीय शेरजंग गुरुङ रहेका छन् ।घाईते थापाको आँखामा गम्भिर चोट लागेकाले उनको विराटनगर स्थित आखाँ अस्पतालमा र गुरुङको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।राती करिव साँढे १० बजे उनीहरूको

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 197 पटक पढिएको
  • इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते

    झापा / पाँचथरको फिदिम-२ साराङ्गेमा  जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको को १ ज २८४६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परि  सुनसरीको इटहरी उपमहानगरपालिका-५ की ४५ वर्षीया मैयाँ थापा मगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ । दुर्घटनामा परि सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना सिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता सिव

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 85 पटक पढिएको
  • खै कहाँ छ सरकार : फेरि बढ्यो सिमेन्टको मूल्य

    बिर्तामोड / रुस– युक्रेनबीच युद्धको कारण देखाउँदै निर्माण सामाग्रीको मूल्यवृद्धि भईरहेका बेला सिमेन्ट उद्योगले समेत आफूखुसी दुईसातामा फेरी दोस्रो पटक मूल्यवृद्धि गरेका छन् । नियामक सरकारी निकायको बेवास्ताको फाइदा उठाउँदै सिमेन्ट उद्योगले दोस्रो पटक मूल्यवृद्धि गरेका हुन् ।गत फागुन अन्तिम साता प्रतिबोरा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीले फेरि प्रतिवोरा ३५ देखि ४० रुपैयाँ मूल्य बढाउन थालेका हुन् । केही सिमेन्ट उद्योगले मूल्यवृद्धि गरिसकेको र बाँकी रहेकाले पनि मूल्यवृद्धि भएर आउने जानकारी गराएको व्यवसायीहरूले बताएका छन् ।अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अकासिएको भन्दै ड

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 92 पटक पढिएको
  • मन्त्रालयले गर्यो, स्थानीय तहका ५३५ जना कर्मचारीहरूको सरुवा

    बिर्तामोड / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत रहेका ५३५ जना कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७८ चैत्र ११ गतेसम्म अन्तर स्थानीय तह सरुवाका लागि निवेदन दिएका विभिन्न सेवा समुह, तहका ५३५ जना कर्मचारीहरूको सरुवा गरिएको हो। निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत १५ भित्र नै आवश्यक कर्मचारीको सरुवा गर्नुपर्ने भए गर्नका लागि आग्रह गरेको थियो । मन्त्रालयले  आयोगले दिएको समयसीमा भित्रै कर्मचारीको सरुवा गरेको हो ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 53 पटक पढिएको
  • उदयपुरमा आगलागीबाट १ करोड २१ लाख बराबर क्षति , १ महिलाको जलेर मृत्यु

    उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका -१ मा आगलागीबाट ८ घर जलेर  नष्ट भएको छ भने १ जना महिला आगोमा परी जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा  स्थानीय ६६ वर्षीया  शिवमाया मगर रहेकी छिन् ।   आइतबार बेलुका ४ बजे स्थानीय गौर बहादुर मगरको फुसको छानो भएको २ तले घरबाट  विद्युत सर्ट भई आगलागी सुरु भएको थियो ।  मगरको घरबाट सुरु भएको  आगो फैलिएर नजिकै रहेको शेर बहादुर मगर, भैरव मगर, यलम्बर बहादुर मगर, मनमाया मगर, पदम बहादुर मगर, दीप बहादुर मगर र धन माया मगरको घर समेत जलेर नष्ट भएको छ ।  स्थानीय र प्रहरीको सहयोगमा राती साढे ८ बजे आग

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 80 पटक पढिएको
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन उद्घाटन

    बिर्तामोड /  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवन आज उद्घाटन भएको छ ।  सोमबार प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन  गरेका  हुन् । भवन प्रदेश १ को सरकार र बिर्तामोड नगरपालिकाको सहयोगमा निर्माण भएको हो । भवन निर्माणका लागी  १ नम्बर प्रदेश सरकारले एक करोड ८८ लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले अनारमनी-३ स्थित बिर्ताबजार उत्तरमा ६ कठ्ठा जमिन उपलब्ध गराएको थियो । भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मान गरिएको  छ । भवन एक करोड ८८ लाख ८

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 119 पटक पढिएको
  • १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    कैलाली / १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शुक्रबार कैलालीबाट प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  घोडाघोडी नगरपालिका वडा नम्बर ६ का  ५० वर्षीय कल्लु दमाइ रहेको प्रहरीले जनाएको छ ।घाँस काट्न गएका बेला बालिका बलात्कार गरेको उजुरी परे पछि उनलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 66 पटक पढिएको
  • उदयपुरमा सवारी दुर्घटना हुदाँ १ को मृत्यु १४ घाईते

    उदयपुर / उदयपुरमा आइतबार दिउँसो सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने, १४ जना घाईते भएका छन् । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुंगा सुनकोशी गाउँपालिका-४ का ५४ वर्षीय खेम बहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।  कार्कीको उपचारका क्रममा बिर अस्पताल काठमाण्डौमा मृत्यु भएको हो । घाईते १४ जनाको उपचारको लागि बिभिन्न अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ ।  ओखलढुङ्गाबाट उदयपुरको कटारी तर्फ आँउदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 62 पटक पढिएको
  • काठमाडौंमा निलम गहनाका सञ्चालक शाक्यले आफ्नै साझेदारको १२ करोड ठगी गरेको आरोप

    काठमाडौं / काठमाडौंको न्युरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले आफ्नै साझेदार भारतीय व्यापारी नरेश बर्माको करिब साढे १२ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको  छ ।यो प्रकरण प्रहरीसम्म पुगेको लामो समय भइसक्दा पनि विवाद अझै मिल्न सकेको छैन । सुनचाँदी व्यापार संघका अध्यक्ष मणिरत्न शाक्य र सुरेश शाक्य प्रहरीसँग मिलेर  सेटिङ्मा विवाद मिलाउन खोजेको र पीडित नरेशको पक्ष नलिइ  शाक्यको पक्ष लिएको आरोप छ ।आइतबार दुबै पक्षबीच वार्ता चलेको थियो  तर, पसल सञ्चालक सागरले २ करोड मात्रै तिर्न तयार रहेको बताएपछि वार्ता भाँडिएको थियो ।  पीडित

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 150 पटक पढिएको
  • रौतहटका स्थानीयलाई १५ दिन भित्र सबै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

     रौतहट //रौतहटका स्थानीयलाई १५ दिन भित्र सबै हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरको छ।आउँदो बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै हतियार बुझाउन प्रशासनले आग्रह गरेको हो । आइतबार एक सुचना जारि गर्दै आउँदो निर्वाचनसम्मका लागि सुचना जारी गरेको मितिले १५ दिन भित्र नजिकैको प्रहरी इकाईमार्फत  हातहतियार बुझाउन भनिएको छ। इजाजतपत्र प्राप्त गरि राखिएका हातहतियार निर्वाचनपश्चात फिर्ता पाउन सकिने सुचनामा उल्लेख गरिएको छ। 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 104 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.