समाचार

    Showing 24,081-24,090 of 26,772 items.
  • मोटरसाइकलसँग हायश ठोक्किँदा एकजनाको मृत्यु

    झापा / दाङको तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किँदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा  ठोक्किएका थिए । त्यसपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-१८ मोनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेका छन् ।त्यस्तै घाइते भएका मोटरसाइकल चालक तुलसीपुर-१८ का रमेश वली र हायस माइक्रोबस चालक २६ वर्षीय करण परियारलाई थप

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 66 पटक पढिएको
  • बन्द गराउँदै हिँडेका ६ जना पक्राउ

    झापा / एमसिसी संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न पार्टीको बन्दको प्रभाव काठमाडौंमा सामान्य देखिएको छ । बन्द गराउँदै हिँडेका ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरू उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।   

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 67 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी दर्ता

     काठमाडौ//नाबालिका  गायिकामाथि बलात्कार गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी  दर्ता  भएको छ।  अर्को किटानी जाहेरी दर्ता  गराउन आइतबार उनी आफन्तहरूसहित  गैंडाकोटस्थित नवलपरासीको  इलाका प्रहरी कार्यालयमा पुगेकी हुन्।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा  उल्लेख गरिएको छ।  जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 168 पटक पढिएको
  • पूर्वमन्त्री श्रेष्ठ माथि भ्रष्टाचारको मुद्दा

    काठमाडौं / पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।शिक्षक पेशा हुँदै सचिवदेखि मन्त्रीसम्म बनेका श्रेष्ठलाई अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएको हो ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 51 पटक पढिएको
  • अवैध सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर महिलाले गरिन् श्रीमानको हत्या

    झापा / अवैध सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर - १६ फूलबरिया टोलस्थित गाईगोठमा बारा जिल्लाका फेटा गाउँपालिका वडा नम्बर ४ बस्ने ४६ वर्षीय प्रेमचन्द्र महराको घाँटी र टाउकोको पछाडि भागमा खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।हत्याको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने ३४ का दीपक कुमार महरालाई नियन्त्रणमा लिएका छ ।मृतक महराकी श्रीमतीको अभियुक्त दीपकसँग अवैध सम्बन्ध रहेको र सम्बन्धको बारेमा श्रीमानले थाहा पाएपछि श्रीमतीकै म

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 50 पटक पढिएको
  • पर्सामा छोराले गरे आमाको हत्या

    झापा / पर्साको कालिकामाई गाउँपालिका वडा नं १ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । जग्गा बेचेको पैसा आमाले आफ्ना २२ वर्षीय छोरा भुलाई चौरसिया भनिने जितेन्द्रलाई नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।प्रवक्ता खनालका अनुसार ६५ बर्षिया पार्वती देवीले ५ कठ्ठा जग्गा बिक्री गरेको र सो पैसा छोराले बारम्बार माग्दा नदिएपछि विवाद सुरु भएको थियो ।शनिबार बिहान खाना पकाउने क्रममा पैसा माग्दा नदिएपछि आक्रोशित भई छोरा जितेन्द्रले कुटपिट गर्नुका साथै आफ्नो आमाको घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 65 पटक पढिएको
  • ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

    झापा / बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका-३ स्थित बुङ्गल रन्लेक सडकखण्डको जुमेपानिमा से १ च १४४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका ३८ वर्षीय जयबहादुर बोहराको मृत्यु भएको प्रहरीले बताएको छ ।शनिबार घर निर्माणका लागि काठ बोकेर खोल्लेक जाने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । दुर्घटनामा सोही ठाउँका अन्दाजी ३९ वर्षीय हर्कबहादुर बोहरा घाइते भएका र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 61 पटक पढिएको
  • हत्या अभियोगमा पर्सामा एकजना पक्राउ

    काठमाडौं / जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का ३४ बषिय दीपक कुमार महरा रहेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन् । फुलबरिया टोलमा गाइपालन गर्दै आएका प्रेमचन्द्रको शव फागुन १३ गते फेला परेको थियो । हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 57 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा दुई लाख १३ हजार बढीले गरे आवतजावत

    काठमाडौँ / कोरोना महामारीबीच काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।अध्यागमन विभागका अनुसार टिआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् । विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् ।सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 51 पटक पढिएको
  • राजेन्द्र खरेल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

    काठमाडौँ / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । महेन्द्रनारायण निधिको १००औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरेकी हुन् ।राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिरेकी छन् ।यसैगरी राष्ट्रपति भण्डारीले यस वर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारच

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 65 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.