समाचार

    Showing 24,101-24,110 of 26,772 items.
  • श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

    झापा / सिन्धुपाल्चोकमा बन्चरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् लाई पक्राउ गरेको छ ।बन्चरो प्रहार गरी २८ वर्षीया श्रीमती लक्ष्मी बस्नेत तामाङको हत्या गरेको आरोपमा बलेफी गाउँपालिका –१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले श्रीमतीलाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले मृतकका श्रीमान् जीवनलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 78 पटक पढिएको
  • घोडाबाट लडेर बालिकाको मृत्यु

    झापा \ सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ भने उनीसँगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनीहरू मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाउपालिका ३ लासे दोभान स्थितमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरू समेत लडि घाईते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागी लैजाँदै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली गई थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 69 पटक पढिएको
  • अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न परराष्ट्र मन्त्रालयको आग्रह

    काठमाडौं / परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न नेपाली नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै अति आवश्यक कामबाहेक नबस्न आग्रह गरेको हो । ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ’, मन्त्रालयको सूचनामा भनिएको छ, ‘साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 58 पटक पढिएको
  • विदेशी नेपाली नागरिक सरह आन्तरिक हवाई जहाजको भाडामा छुट दिने सहमति

    झापा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह आन्तरिक हवाई जहाजको भाडामा छुट दिने सहमति छ ।यसै गरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ । यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 81 पटक पढिएको
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    झापा / बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका –४ सैनवारकी ४१ वर्षीया लिलि थारूको बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।निकुञ्ज नजिकै घर भएकी थारूलाई मंगलबार बिहान बङ्गुरको खोरमा गएको बेला बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघको आक्रमणबाट गम्भीर घाइते भएकी थारूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। केही समययता बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 114 पटक पढिएको
  • सिक्देलको हत्या अभियोगमा श्रीमती र उनका प्रेमी पक्राउ

    बिर्तामोड / झापाको दमक ५का दिनेश सिक्देलको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सिक्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको प्रहरीले जनाएको हो ।योजनावद्ध रुपमा प्रेमीसँग मिलेर अनिताले श्रीमानको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिएका छन् । अनिता र सरोजले सिग्देलको विभत्स तवरले हत्या गरी धरान ४ सडकखण्डको जङ्गलमा जेब्रा झोलामा हालेर फ्याँकिएको अवस्थामा शव फेला परेको थियो ।गत बुधबार सिक्देलको टाउको र दाहिने खुट्टा जेब्रा झोलामा फेला परेको

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 86 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित पक्राउ

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका १२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर -१२ का कुनाल सिंह रहेका छन । हिजो बेलुकी पौने ५ बजे विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई  ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को ३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 122 पटक पढिएको
  • जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 31 पटक पढिएको
  • मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका बिकको मृत्यु, दुईजना घाइते

    झापा  / बागलुङको बडिगाड गाउँपालिका –७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बडिगाड गाउँपालिका –७ का गोपिराम बिक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए ।पहिरोमा परेर स्थानीयवासी कृष्ण बिक र दुर्गा बिक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 65 पटक पढिएको
  • चन्द्रागिरिमा खोलामा डुबेर बालकको मृत्यु

    काठमाडौं  / चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि –१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका –७ घर भई हाल चन्द्रागिरि –१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए । बालकको नाम भने गोप्य राखिएको छ ।प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फरेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताए ।शवमा

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.