समाचार

    Showing 24,191-24,200 of 26,772 items.
  • आमाको हत्या गर्ने ३५ वर्षीय भण्डारी प्रहरी नियन्त्रणमा

    बिर्तामोड / मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गङ्गा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गङ्गा प्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाएको छ 

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 118 पटक पढिएको
  • चक्कु प्रहार गरी श्रीमतीको हत्या

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 73 पटक पढिएको
  • बन्दुक सहित राजवंशी पक्राउ

    बिर्तामोड / सशस्त्र प्रहरीले  झापाको भद्रपुर नगरपालिका- ६ मन्त्री चोक बस्ने  वर्षीय मुगलाल राजवंशीलाई एक थान बन्दुक सहित आइतबार  बिहान  प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध  बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा  सशस्त्र प्रहरी बल जिल्ला झापा गण नं २ बाट खटिएको विशेष टोलीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 647 पटक पढिएको
  • लागूऔषधसहित ३ जना पक्राउ

    झापा / कैलालीमा लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार राति भजनी नगरपालिका –६ महादेउलीबाट से ३ प ९४० नम्बरको मोटरसाइकल र लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका , २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 103 पटक पढिएको
  • महाकाली नदीमा फसेकी महिलाको प्रहरीले गर्यो उद्धार

    झापा / महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लिला वडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो ।आइतबार बिहान लिला  महाकालीको बीच भागमा अड्कीएर रोइकराइ गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 88 पटक पढिएको
  • भिरबाट लडेर दुईजनाको मृत्यु

    झापा / सोलुखुम्बुमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका –१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।लामाको लबुचे भिरबाट र लामिछानेको सोताङ गाउँपालिका –१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक  कवित कटुवालले जानकारी दिए ।प्रहरीका अनुसार लामा बिहीबार छोराको घर जान्छु भनेर हिँडेका थिए । तर, तीन दिनसम्म गन्तव्यमा नपुगेपछि उनको खोजी गरिएको थियो । खोजतलास गर्दा लामाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 71 पटक पढिएको
  • आजदेखि रेल कुदाइँदै

     झापा / जनकपुरमा प्राकिङमा राखिएको रेलले आजदेखि ड्राइ रन गर्दैछ ।रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार चाकललाई अभ्यस्त पार्न र खराबी परीक्षणको लागि आजदेखि १४ फागुनसम्म खाली रेल कुद्नेछ । रेल खाली भए पनि प्रकिया भने सबै पूरा गरिने छ । अर्थात् तोकिएको समयअनुसार रोकिने ठाउँमा रोकिने छ भने ढोका खुल्ने तथा बन्द हुने सबै काम गरिने छ ।इनरुवाबाट आउने रेल जनकपुर स्टेसनमा केही समय रोकिएर कुर्थाका लागि जानेछ । आजदेखि रेलको परीक्षण सुरु हुने र १५ फागुनपछि यात्रुले चढ्न पाउने महाप्रबन्धक झाले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 111 पटक पढिएको
  • पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

    बिर्तामोड / झापाको शिवसतासी नगरपालिका -१ स्थित सडकको नालीमा डुबी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुश श्रेष्ठ रहेका छन । हिजो बिहान  साढे ९ बजे  घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबी रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 64 पटक पढिएको
  • करेन्ट लागी १ जनाको मृत्यु

    बिर्तामोड/झापाको मेचीनगर नगरपालिका -१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मान बहादुर बराइली रहेका छन । हिजो बेलुका ४ बजे  बराइलीले आफ्नै घरबाट विजुलीको तार जडान गरी  खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी  कार्यालय धुलाबारीले  जनाएको छ । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 66 पटक पढिएको
  • चाउचाउ उद्योगमा आगलागी: आगो निभाउन १७ वटा दमकलको प्रयोग

    झापा / मनसा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । झापाको मेचीनगर नगरपालिका –१४ दुहागढीस्थित उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका प्रहरीले जनाएको छ ।उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेका अनुसार बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । 

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 319 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.