समाचार

    Showing 24,251-24,260 of 25,296 items.
  • सुन पसल लुट्न आउने ५ पक्राउ, हतियार र गोली बरामद

    मोरङ / सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । केराबारी क्षेत्रबाट मङ्गलवार राती पक्राउ परेका उनीहरुबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ।पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको मोरंग प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 84 पटक पढिएको
  • राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

    राजविराज / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो ।पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत् आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिएका छन् । उनी भन्छन्, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 61 पटक पढिएको
  • बलात्कारको आरोप लागेका एक प्रहरी पक्राउ

    झापा / बलात्कारको आरोप लागेका एक प्रहरी  पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डल छन्। उनले युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। पटक-पटक विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्दै आएकोमा पछिल्लो पटक गत चैत २८ गते सुनसरीको इटहरीमा बलात्कार गरेको आरोप लगाउँदै एक २३ वर्षीया महिलाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी थिइन् ।इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा स्वयं उपस्थित भएका असई मण्डललाई मं

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 94 पटक पढिएको
  • कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी

    म्याग्दी /  म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताएका छन् । प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध न

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 45 पटक पढिएको
  • नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

    सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिएका छन् ।  गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिएका छन् । राति

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 69 पटक पढिएको
  • दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

    झापा / झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गएराति १२ बजे ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट मोटरसाईकल चालक झापा कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 125 पटक पढिएको
  • अख्तियार हेटौँडा कार्यालयको ५५ प्रतिशत सफलता

    हेटौँडा /  प्रदेश राजधानी हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ दशमलव ५४ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । कार्यालयमा परेका विभिन्न प्रकारका ९२९ उजुरीमध्ये अनुसन्धान सम्पन्न गरेर ५१६ उजुरी फछ्र्योट गरेको भएको आयोगको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार सबैभन्दा बढी बाराको ३०४ र  सबैभन्दा कम भक्तपुरको एउटा मात्र उजुरी परेको थियो । यद्यपि काठमाडौँ, ललितपुर र भक्तपुरको उजुरी काठमाडौँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धैरै सङ्ख्यामा पर्ने गरेकाले हेटौँडास्थित कार्यालयमा उक्त जिल्लाको उजुरीको सङ्ख्या निकै कम रहेको पाइन्छ

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 66 पटक पढिएको
  • निःशुल्क शववाहन सेवा सञ्चालन

    हेटौँडा / वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिएका छन् ।उपमहानगरपालिकाले ठेक्कामार्फत  २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताए । 

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 53 पटक पढिएको
  • एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल सम्मानित

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरेको छ । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेलले ५०२ पाउण्ड राशि, निवर्तमान अध्यक्ष नरेश खपाङ्गी मगरले सम्मानपत्र र वर्तमान अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका हुन् ।खनालको हिमालखबर डटकममा विसं २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह’ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको अध्यक्ष अर्याल बताएका छन् । पत्रकारिता, वृत्तचित्र निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालले तीनवटा पुस

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 51 पटक पढिएको
  • पाथेकाका वडा सदस्यसहित तीन पक्राउ

    खोटाङ / भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु

    • प्रकाशित मितिः साउन १३, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.