समाचार

    Showing 24,281-24,290 of 26,772 items.
  • मधेशमा वर्षा र हावाहुरीका कारण तीनको मृत्यु

    जनकपुरधाम / मधेश प्रदेशमा हावाहुरी सहित भएको वर्षाका कारण तीन जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि सुरु भएको वर्षा सहितको हावाहुरीमा परी तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको हो ।हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीय अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिएका छन् । उनका अनुसार हावाहुरीले अचानक मसालाको रूख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएक

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 148 पटक पढिएको
  • मोरङ हत्या काण्ड प्रकरण : ३ आरोपी पक्राउ

    बिर्तामोड / मोरङ हत्या प्रकरणका ३ आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङको धानपालथान –७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका –४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका –७ घर भएका ६२ वर्षीय नासिर आलम छन् ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 90 पटक पढिएको
  • चितवनमा दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

    झापा / मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ ।भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ । नारायणगढ – मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका –१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुँगानाको मृत्यु भएको हो ।निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भने निशाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चित

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 57 पटक पढिएको
  • ८ सय ६० म्यानपावर कम्पनीको वर्गीकरण गर्दै श्रम मन्त्रालय

    काठमाडौं / श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी) को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘मेनपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो।सो कार्यदलले ‘म्यानपावर कम्पनी’

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 66 पटक पढिएको
  • आगामी महिनादेखि जनकपुर - जयनगर रेल सञ्चालन हुने

    झापा / धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरूको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशियाली छाएको हो ।रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका –६ का विशोलाल यादवले बताए । “रेल्वे लिक बनेको धेरै समय भइसक्यो, रेल आज चल्छ, भोलि च

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 60 पटक पढिएको
  • धादिङ्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु, परिचालक घाइते

    धादिङ्ग / पृथ्वीलोकमार्ग अन्तर्गत धादिङ्गको धुनिबेशी नगरपालिका–९ बिसकिलोमा आज बिहान पौने ३ बजे ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक धुनिवेशी–८ भदौरेका ३२ बर्षीय राज कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।घाइते भएका परिचालक काठमाडौंका २० बर्षीय सविन कुँवरलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । ट्रिपर अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 69 पटक पढिएको
  • पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु

    झापा / हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका –३ स्थित सडकमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नम्बरको पिकअपले सोनमा –३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।घटनापश्चात

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 91 पटक पढिएको
  • लागूऔषध सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका ४ ओमशान्ति टोल स्थितबाट लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ६ बजे प्रहरी  चौकी बिर्ताबजारबाट खटिएको प्रहरी  टोलीले बिर्तामोड- ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र बिर्तामोड -५ का १८ वर्षीय अर्वाज खानलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 95 पटक पढिएको
  • पानीमा डुबी ३ वर्षीय बालकको मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको पानीमा डुबी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुदन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन ।बिहीबार १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 65 पटक पढिएको
  • अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट तीनजना पक्राउ

    काठमाडौं  / प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।विमानस्थलमा रहेको प्रहरी टोलीले युएईबाट आएका गौर नगरपालिका १० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन वि

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.