समाचार

    Showing 24,381-24,390 of 26,772 items.
  • प्रेमिकाकी आमालाई किड्नी दिँदा प्रेमिका अर्कैसँग टाप

    एजेन्सी / एक प्रेमीले आफ्नो प्रेमिकाकी आमालाई मृगौला दान गरेको एक महिना नबित्दै प्रेमिकाले अर्कै युवकसँग विवाह गरेकी छिन् । आफ्नै आमालाई मिर्गौला दिने शिक्षकसमेत रहेका प्रेमीलाई धोका दिएर प्रेमिका अर्कैसँगै विवाह गरेकी हुन् ।उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा भएपछि बेलायती पत्रिका द सनले समेत स्टोरी छापेको छ । उजील मार्टिज नाम गरेका प्रेमीले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा उक्त घटना सार्वजनिक गरेका छन् ।उनले सोफामा सुतिरहेको बेला निराश हुँदै गरेको भिडियो टिकटक मार्फत सार्वजनिक गरेका छन् । १६.६ मिलियन पटक हेरिएको उक्त भिडियोको कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरूको लहर नै

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 70 पटक पढिएको
  • आजबाट सहिद सप्ताह सुरु

    काठमाडौँ  / देशका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी आज (सोमबार) बाट सहिद सप्ताह सुरु गरिएको छ । देश र जनताको मुक्तिका लागि जीवन बलिदान गर्ने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको हो । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 64 पटक पढिएको
  • सुरक्षा दिने प्रहरी नै सम्पर्क विहीन भएपछि

    काठमाडौं  / नेपाल प्रहरीका २ हवल्दार र ११ जवानसहित १३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले एक सूचना जारी गर्दै सम्पर्क विहीन बनेका १३ प्रहरीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयले जारी गरेको उक्त सूचनामा आफूखुशी सम्पर्कविहीन भएको जनाइएको छ । सोमबार जारी सूचनामा सम्पर्कमा आउँदा स्पष्टिकरण सहित आउन पनि आग्रह गरिएको छ ।सम्पर्कविहीन भएका एवं गैह्रहाजिर हुने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् ।सिंह गत मंसिर १९ गतेदेखि सम्पर्कविहीन भएका हुन् । 

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 66 पटक पढिएको
  • ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते

    कैलाली  / कैलालीको गोदावरीमा रोकिराखेको ट्रकमा हायस ठोक्किँदा १६ जना घाइते भएका छन ।गोदावरी नगरपालिका –१ स्थित पाठक पेट्रोल पम्प नजिकै धनगढी–अत्तरिया ६ लेन सडकमा रोकिएको ट्रकको पछाडि हायस ठोक्किँदा हायसमा सवार १६ जना घाइते भएका हुन् ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस रोकिएर राखेको ना ४ ख १९१५ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।दुर्घटनामा घाइते १६ जना मध्ये १४ जना सामान्य रहेको, चालक र एक जना महिलालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको धनगढीस्थित माया मेट्रो हस्पिटल र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 94 पटक पढिएको
  • आज देशभर बदली : बुधबारसम्म मौसममा सुधार नहुने

    झापा / आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पूर्ण बदली सहित केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको समेत जनाएको छ । सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 80 पटक पढिएको
  • लागूऔषध सहित १ जना पक्राउ

    बिर्तामोड / मोरङको रतुवामाई नगरपालिका ८ डाँडागाँउका ४५ वर्षीय कृष्ण राई लागूऔषध गाँजा सहित पक्राउ परेका छन् ।हिजो दिउसो पौने १ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा  कोठा भित्र लुकाई छिपाई  राखेको ५ के जि ३९० ग्राम लागूऔषध गाँजा प्रहरी टोलीले  बरामद हो ।  बरामद गरिएको गाँजा र  राईलाई इलाका प्रहरी कार्यालय सिजुवाले  नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 56 पटक पढिएको
  • बसको ठक्करबाट १ जनाको मृत्यु

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिका १० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाको ४५ वर्षीय बम बहादुर लिम्बू रहेका छन । हिजो साँझ ६ बजे  इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आँउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा  मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट  इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 57 पटक पढिएको
  • कोशी पुलदेखि मेची पुलसम्म सिसी क्यामेरा जडान गरिँदै

    झापा / एक नं. प्रदेश सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए ।उनले भने ,“सिसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।  शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ । ”शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति गर्नका लागि  वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । उनले

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 75 पटक पढिएको
  • माघबाट बाँके नरैनापुरका किसानलाई पेन्सन दिने

    झापा / बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन सुरु गरेको  छ ।गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ ।यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन् । उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन् ।वडा नम्बर ५ मा १९ कठ्ठा क्

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 54 पटक पढिएको
  • श्रीमतीको हत्या गरेर श्रीमान फरार

    झापा / कैलालीमा आइतबार एक जना व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । कैलाली जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोकामगरले आइतबार साँझ आफ्नै श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर फरार भएका रोकामगरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।घरायसी विवादमा रोकामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवीन विष्टले जानकारी दिएका छन् । उक्त घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेल नेतृत्वको टोली खटको समे

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.