समाचार

    Showing 24,461-24,470 of 26,772 items.
  • नुवाकोटका एक चिकित्सक मृत फेला

    झापा / नुवाकोटको विदुर नगरपालिका –१ स्थित ढुङ्गेमा २६ वर्षीय डाक्टर शशाङ्क पाण्डे मृत अवस्थामा फेला परेका छन् । गएराति १२ बजेतिर त्रिशूली बजारबाट बट्टार जाँदै गरेका पाण्डेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।पाण्डे सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत रहेको नुवाकोटका एसपी रामप्रकाश शाहले बताएका छन् ।दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले शुक्रवार बिहान त्रिशूली अस्पतालमा भर्ना गरेको थियो । उनको शव भने पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।  उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल दुर्घटनाको प्रकृतिको बारेमा भने अनुसन्धान भइरहेको समेत एसपी शाहले जानकारी गराएका छन् । 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 67 पटक पढिएको
  • करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु

    झापा  / सङ्खुवासभाको सभापोखरी गाउँपालिका ३ बाह्रबिसे स्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल इन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।  उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा विद्युत प्रसारण लाइनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 74 पटक पढिएको
  • धनकुटामा दुर्घटना हुँदा २ जनाको मृत्यु

    बिर्तामोड /  धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा  टिपर दुर्घटना हुँदा २ जनाको  मृत्यु भएको छ ।दुर्घटना परि चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुवन ठेडी मगर र सहचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३ –००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 70 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित २ पक्राउ

    बिर्तामोड  / प्रतिबन्धित लागूऔषध सहित २ पक्राउ सहित दमकबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका माङ्सेबुङ गाउपालिका २ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुबसन मुखिया रहेका छन । प्रहरीलाई देखे पछि भागेका उनीहरु सबार  मे ३ प ५६६२ नम्बरको मोटर साइकल  रोकी चेक जाँच गर्ने क्रममा १२ केजी गाजा र ६ गा्रम ब्राउनसुगर फेला परेको हो । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरीले कार्यलय दमकमा राखिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 96 पटक पढिएको
  • मियाँको हत्यामा संलग्न पाँच पक्राउ

    बिर्तामोड / पर्साको वीरगञ्ज महानगरपालिका –२३ इटियाही नारायणी बयोधा अस्पतालको पछाडि चौरमा रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको छ । मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतिहारी –६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई –रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका –५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसेन र छप्कैया बस्ने बाबर हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार  भारतको बिहार राज्य बैशाली घर भई हाल वीरगञ्ज –३

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 73 पटक पढिएको
  • प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

    बिर्तामोड / दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक सई  हुँ भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ परेका छ ।घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको  एसपी सुरेशप्रसाद काफ्लेले बताए ।आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिएका छन । पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 79 पटक पढिएको
  •  पहिरोमा परी डोजर सहित तिन बेपत्ता

    बिर्तामोड  / धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजर सहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरूमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिएका छन् ।घटनाको विस्तृत विवरण नआएको र उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको पनि एसपी सिंहले जानकारी दिएका छन् ।सेर्तुङ प्रहरी चौकीबाट घटनास्थल चार घण्टाको पैदल दूरीमा पर्ने समेत जनाइएको छ । 

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 74 पटक पढिएको
  • युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि इलामबाट पक्राउ

    बिर्तामोड / युवतीको हत्या गरि फरार रहेका एक पुरुषलाई इलामबाट २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –३ साविक पशुपतिनगर गाविस – ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रहेका छन । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो । घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार पक्राउ परेका राईम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 71 पटक पढिएको
  • संक्रमण बढेसँगै विमानस्थलमा कडाइ

    काठमाडौं  / कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन कार्यालयले आग्रह गरेको हो ।स्वागत र बिदाइ गर्नका लागि मात्र विमानस्थलमा आउँदा भिडभाड बढ्ने र कोरोना भाइरसको जोखिम बढ्ने भन्दै आफू बच्न र अरूलाई पनि बचाउन आफन्तजनहरूलाई विमानस्थलमा नआउन पनि कार्यालयको अनुरोध छ । त्यस्तै विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थाबाहेक भिजिट पास उपलब्ध नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 61 पटक पढिएको
  • असिना पानीले तरकारी र हिउँदेबालीमा क्षति

     झापा / असिना पानीले बडिकेदार गाउँपालिकामा लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले बालीनालीमा लगाएका काउली, टमाटर, मूला, प्याज , साग जस्ता तरकारी , तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् ।बेमौसमी वर्षा र असिनाका कारण हिउँदे आलु र गहुँको बोटमा नोक्सानी पुर्याएको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पहाडीले बताएका छन् ।  सुन्तला , कागती र अदुवा खेतीलाई ठूलो क्षति पुर्याएको समेत स्थानीयवासीले बताएका छन् । ।   

    • प्रकाशित मितिः पुस २८, २०७८
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.