झापा / मेचीनगर लेडी जेसिज २०२२ को अध्यक्षमा सीता पुरी गिरी सर्वसम्मत चयन भएकी छिन् ।लेडी जेसिजको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट गिरी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा बबिता पनेरु र रेजिना श्रेष्ठ, उपाध्यक्षमा रश्मि प्रधान, जिना श्रेष्ठ, सुकु तामाङ र कला खरेल शिवाकोटी चयन भएका छन् । यसअघि २०२१ काे अध्यक्ष सुशीला खतिवडा थिइन् ।
झापा / चितवनको कालिका नगरपालिका – २ मा रहेका चार मन्दिरमा शनिबार राति एकै समयमा चोरी भएको छ । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए ।प्रहरी चौकीका अनुसार मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् ।
झापा / ईश्वरपुर नगरपालिका ३ बयलबासमा मोटरसाइकल दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो।दुर्घटनामा ईश्वरपुर १० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम वि क, र २२ वर्षीय रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन ।
बुटबल / पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् । आज (आइतबार) बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट –२ लगुवामा दुर्घटना भएको हो । दुर्घटनाबाट ७ जनाको घटनास्थलमा नै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन खाणले जानकारी दिए ।खाणका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेको खाणले बताए ।
काठमाडौँ / नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त माग गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले गोरखापत्रमा सूचना प्रकाशित गर्दै दुई सय २९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त मागेको हो । खुलातर्फ १ सय २०, आदिवासी जनजाति ३३, मधेशी २९, महिला २१, दलित १५, सैनिक सन्तति ६ र पिछडिएको क्षेत्रबाट ५ जना पदपूर्ति गरिने सूचनामा उल्लेख छ । आजदेखि माघ २४ गतेसम्म एक हजार दस्तुर र दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दरखास्त अनलाइनबाटै बुझाउन सकिने सेनाले जनाएको छ ।
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नेपाली रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीको विमानस्थल सुरक्षा गार्डले काठमाडौँ सिनामंगलकी रेखा शाक्य पोखरेललाई पक्राउ उक्त रकम सहित पक्राउ गरेको हो विराटनगरबाट १ः५५ मा काठमाडौँ आएको सौर्य एयरलाइन्सको विमानबाट आएको पैसा लिन जाँदा उनलाई प्रहरीले गरेको विमानस्थल सुरक्षा गार्ड प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीले जानकारी दिए । मैनालीका अनुसार पक्राउ परेकी पोखरेललाई राजस्व कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ ।उक्त रकम सौर्य एयरलाइन्सको विराटनगरका स्टेसन मेनेजरले पठाएको प्रारम्भिक अ
झापा / सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका २ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्
झापा / गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा गत जेठ ५ गते यता महिनै पिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।
झापा / पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ कि स्थानीय महिला ३९ वर्षीय बरिसा सारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।घर नजिकै रहेको वनमा सालको पाट टिप्न जादा सारुलाई बाघले आक्रमण गरेको थियो । महिलाहरू समूह बनाएर पात टिप्न गएको र फर्कने क्रममा अचानक बाघले आक्रमण गर्दा सारुको मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहनराज काफ्लेले बताए ।
झापा / दाङको तुलसीपुरमा लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् । दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएका छन । यहीँ म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.