काठमाडौं / महानगरपालिका –३२ स्थित जडिबुटीबाट प्रहरीले युगान्तर मिडियाको बजार प्रतिनिधिको परिचय पत्र बोकेका एकजनालाई लागू औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका –४ घर भई अहिले तारकेश्वर नगरपालिका –११ स्थित लोलाङ बस्ने वर्ष ४६ का लेखबहादुर तामाङ छन् ।उनको साथबाट ८ सय ९२ एम्पुल लागूऔषध बरामद गरिएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनको साथबाट नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुल बरामद गरेको हो ।आरोपीले आफूलाई पत्रकार दावी गरेको तर, त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिन
झापा / भक्तपुरमा चार तले घरबाट खसेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुका १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन । उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायण ले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्ष
झापा / झापाको दमक नगरपालिका ९ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका ४ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय मोहमद इस्ताका रहेका छन ।बिहीबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैयाँ र १ थान मोबाइल फेला परेको हो । प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय
झापा / मोरङको विराटनगर १४ स्थितबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ९ का २२ वर्षीय निसान चौधरी र इटहरी १२ का २८ वर्षीय दिवस तामाङ रहेका छन ।हिजो राती ९ बजे सि आर भि जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १ ०२ ०४६ प ११८७ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा मोटर साइकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन फेला परेको हो । खैरो हिरोइन फेला परे सँगै मोटर साइकल चलाक दिवस तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रान
झापा / दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान चार बजेतिर गाडीले ठक्कर दिँदा दंगीशरण गाउँपालिका ६ का ३२ वर्षीय सुमन केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्याम अर्यालले जानकारी दिए ।उनका अनुसार केसीलाई कुन गाडीले ठक्कर दिएको हो भन्ने खुल्न सकेको छैन । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डीएसपी अर्यालले बताए ।केसीको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल पठाइएको छ ।ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
झापा / चन्द्रागिरीमा एक युवा मृत भेटिएका छन ।पुस १४ मा बिहानैदेखि झरी शुरु भएपछि बालाजुबाट हिँउ खेल्छु’ भनेर निस्केका सुजन लामा लामो समयसम्म घर नआए पछि उनको खोजी गरिएको थियो तर उनी ,भोलिपल्ट चन्द्रागिरी नगरपालिका – ४ मा मृत अवस्थामा भेटिए । ३० वर्षका लामा बुधवार बिहान ८ बजेतिर घरबाट निस्केका हुन् ।महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरबाट खटिएका अनुसन्धान अधिकृतहरूले प्रारम्भिक अनुसन्धानपछि शव त्रिवि शिक्षण अस्पतालमा पठाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले घटनास्थलमा गएर शवको अवस्था हेरेका छन् ।
चितवन / चितवनको राष्ट्रिय वन क्षेत्रमा छ महिनाभित्र ३१ वन्यजन्तु मरेका छन् । डिभिजन वन कार्यालयका अनुसार साउनदेखि हालसम्म विभिन्न क्षेत्रमा गैँडा, चितुवा, चित्तल, मृग र रतुवासहित ३१ वन्यजन्तु मरेका हुन् । भरतपुर महानगरपालिका –१६ मा एउटा गैँडा करेन्ट लागेर मरेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । खनालका अनुसार एउटा चितुवा, चितल र मृग २२ वटा, पाँचवटा बँदेल र दुई वटा रतुवा र मरेका हुन् । चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको हो भने, गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेक
कावासोती / राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो। यो समस्या नवलपुरमा अहिले पटक–पटक हुन थालेको छ। मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन्।नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्य
काठमाडौँ / नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ – ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या आएको निगमले जनाएको छ ।निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन् ।इन्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइनेछ। निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौँ उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो ।उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ ।मन्त्रालयले बिहीबार सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो ।मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ ।मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.