समाचार

    Showing 24,591-24,600 of 26,772 items.
  • प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानबिन हुँदै

    झापा / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ । विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ । ‘प्रधानन्यायाधीश, उनको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी परेको छ, उजुरीमाथि छानबिन सुरु भएको छ,’ विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले भने,  अनुसन्धान अधिकृत तोकेर छानबिन गर्ने तयारी हाम्रो छ ।’ पदमा रहुन्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उनका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि अनु

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 67 पटक पढिएको
  • तानसेनमा सडक निर्माणका लागि दैनिक छ घण्टा सडक बन्द

    झापा / लुम्बिनी प्रदेशमा स्थित जिल्ला पाल्पाको तानसेन–तम्घास सडक बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म गरि दिनको ६ घण्टा बन्द हुने गरको छ ।तानसेन नगरपालिका रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भीरमा सडक निर्माणका लागि पुस २२ गतेसम्म बन्द गरिने सडक कार्यालय पाल्पाले जानकारी गराएको छ ।  सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले पुस १२ गतेदेखि २२ गतेसम्म १० दिनका लागि सडकमा चहलपहल गर्न बाट सवारीसाधनलाई रोक लगाएको बताएका छन् ।पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकमा हुने गरेका दुर्घटना र सडक अवरुद्ध भएका कारण सडक पुनर्निमाण गरिएको हो । पहाड काटेर माटो र ढु

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 64 पटक पढिएको
  • भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

    झापा / भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 46 पटक पढिएको
  • मेला लगाउन विद्यालय बन्द

    झापा / जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ रु”, प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएबापत विद्यालयलाई रु ५० हजार दिएको समेत उनले बताए ।कोभिडका कारण पढाई लामो समयसम्म बन्द भएर भर्खरै मात्र पढाइ सञ्चालन भएको विद्यालयमा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 84 पटक पढिएको
  • अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

    झापा / महोत्तरी जिल्लाको एकडारा गाउँपालिका –३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकँुडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 76 पटक पढिएको
  • २८ वर्षपछि फरार प्रतिवादी पक्राउ

    झापा  / जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस –७ र हाल दोरम्बा सैलुङ गाउँपालिका –४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुर बाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 84 पटक पढिएको
  • अश्लिलता फैलाएको आरोपमा युटुबर पक्राउ

    काठमाडौँ  / युट्युब मार्फत अश्लिलता फैलाएको भन्दै साइबर ब्युरोले ‘युटुबरहरुलाई’ पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमा अश्लिल शीर्षक राखेर भिडियो मार्फत समाजमा अश्लिलता फैल्याएको भन्दै साथी भाइ अनलाइन टिभीका सञ्चालक राम बहादुर मल्ललाई  नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्दै आएका मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको हो ।उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरिएको ब्युरोले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 71 पटक पढिएको
  • किशोर–किशोरी झुण्डिएको अवस्थामा मृत फेला

    कैलाली  / कैलालीमा एक किशोरी र एक किशोरी दुई सय मिटरको दूरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका –३ की १६ वर्षीया सन्जु चौधरी र १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरूको शव आइतबार साँझ फेला परेको हो ।सन्जु आफ्नै घरभित्र झुन्डिएकी थिइन भने मायाराम दुई सय मिटरको दूरीमा रहेको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । मृतक मायारामका बुबा बाँधुराम चौधरीका अनुसार दुवै परिवार गौरीगंगास्थित जुनेली शिविरमा बस्दै आएका थिए । गौरीगंगा नगरपालिका

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 81 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउन सुगरसहित एक पक्राउ

    बिर्तामोड  / झापाको बिर्तामोड नगरपालिका –१ स्थित  पूर्व शान्ति टोलबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –४ का २१ वर्षीय अबि शेखर रहेका छन् । उनलाई आइतबार बेलुका ७ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई प्रकाउ गरेको हो । पक्राउ परेका शेखरको साथबाट प्रहरीले दुई ग्राम चार सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 81 पटक पढिएको
  • लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु

    पाँचथर /  पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका –२ ईम्बुङका इन्द्र कुमार नेम्बाङ रहेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी विषयमा वादविवाद हुँदा नेम्बाङले श्रीमती ४५ वर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गरेका थिए । लोहोरोका प्रहारबाट घाइते भएकी जिवन कुमारीको उपचारको क्रममा बिर्तामोडको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्बाङलाई नियन्त

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.