झापा / लोकसेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ । आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले दरखास्त आव्हान गरेको हो । पुस २० गतेसम्म आवेदन दिन पाइने र २७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनमार्फत आवेदन दिन सकिनेछ । शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ।
बुद्धशान्ति / प्रदेश स्काउट कार्यालय, प्रदेश नं १ द्वारा बुद्धशान्ति गाउपालिका वडा नं ४ बर्ने स्थित श्री माध्यमिक विद्यालय बर्ने का स्काउट विद्यार्थीलाई नि शुल्क पोशाक बितरण गरिएको छ । कार्यक्रममा १६ र १६ जना केटा स्काउट र केटी स्काउटलाई निशुल्क स्काउट पोशाक बितरण गरिएको हो । सामुदायिक विद्यालयमा स्काउटिङ्ग शिक्षालाई प्रभावकारी बनाउन स्काउट पोशाक बितरण गरिएको स्थानीय तदर्थ समितिका संयोजक मञ्जिल पाठकले जानकारी दिएका छन । पोशाक बितरण कार्यक्रममा प्रदेश १, प्रदेश कमिटी सदस्य श्री केशी श्रेष्ठ, स्थानीय तदर्थ समितिका संयोजक मञ्जिल पाठक,
विराटनग / १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरको ५६ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित आन्तरिक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी को प्रमुख आतिथ्यता मा प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको खेलमैदानमा आज बिहान आयोजित एक विशेष कार्यक्रमका बिच ५६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक बिसीले व्यवसायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालिम केन्द्रले ५६ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई शुभकामना दिएका थिए । कार्यक्रममा बोल्द
कैलाली / कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१ शान्तिनगर बस्ने लोकेन्द्र सिंह सामन्त, सोही ठाउँका उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका –८ बस्ने विकास नेपाली, धनगढी –१ कै विवेक साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।गए राति ३ बजेको समयमा धनगढी –१ कैलाली पुलस्थित रातोपुल बस्ने टेकराज पनेरुले सञ्चालन गरेको उग्रतारा ट्रेडिङ्ग हाउसको ताला फोडेर चोरी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहे
इलाम / इलामको माइजोगमाई गाउँपालिका –४ गैरीगाउँमा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ५४ वर्षीय पूर्ण बहादुर घले रहेका छन् ।पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरबाट घले खस्दा सोही ट्याक्टरको पछाडिको चक्काले उनलाई किचेको थियो । दुर्घटना पश्चात फरार रहेको र चालकको खोजी कार्य भइरहेको प्रहरी चौकी नामसालिङले जनाएको छ ।
काठमाडौं / भारतको उत्तर प्रदेशका ३१ वर्षीय मोहम सालिम र काठमाडौँकी कविता नाम परिवर्तन यूएईमा एउटै कम्पनीमा काम गर्थे सँगै काम गर्दा भएको चिनजान चिनजानमा मात्र सीमित भएन उनीहरू बिचको चिनजान प्रेममा परिणत भयो । पे्रम झाँगिदै गर्दा उनीहरूबीच शारीरिक सम्बन्ध पनि भयो । त्यतिबेला सालिमले कवितासँगको अन्तरंग तस्वीर खिचेको कुरा कवितालाई थाहा भएन कविता त्यसबारे जानकार थिइनन् । पारिवारिक समस्या हो वा उनको व्यक्तिगत धारण कविता नेपाल फर्किएपछि सालिमसँग टाढा हुन थालिन् । ‘तर यो कुरा सालिमलाई परेन , कविता बोल्न छाडेपछि पहिले खिचेको अन्तरंग तस्वीर देखाएर ब्ल्याकमेल
पाल्पा / सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताए । बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुल सम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बेलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले
उदयपुर / उदयपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारीको टोलीले स्थानीय बैजनाथ र तावा खोला दोभानमा बोरामा बेवारिसे गाँजा फेला पारी बरामद गरेको हो ।प्रहरी नायब निरीक्षक सई कमान्डको गस्ती टोली खोला दोभानमा पुग्दा लडिरहेको भरी बोरा भेटाएर खोली हेर्दा गाँजा भरिएको अवस्थामा भेटेर बरामद गरेको इ प्र का कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बरामद गाँजा इ प्र का कटारीमा ल्याएर राखिएको छ । २४ किलो तौल गाँजा त्यहाँ कस्ले ल्याएर छाडेको भन्ने यकिन अहिलेसम्म भइनसकेको प्रहरीले जनाएको छ । अवैध गाँजा कारोबारी स
मोरङ / मोरङको छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आँउदै गरेको अवस्थामा सोमबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका हुलास चौक स्थितमा प्रहरीले पक्राउ गरेको हो । सुनसरी इटहरी उपमहानगरपालिका का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ । सोमबार राती ६ बजे विराटनगर महानगरपालिका मटेरुवा चोक स्थितमा सुनसरी धरान उपमहानगरपालिका का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटेको प्रहरी टो
चितवन / चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताए । २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर – २६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.