रूपन्देही / भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो ।ओमसतिया गाउँपालिका ४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।उक्त बलेरोका चालक ओमसतिया ५ का ३२ वर्षीय परदेशीप्रसाद सहनीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।बरामद सामानमा लेडिज सुट, मेसिनरी उपकरणका पार्टपुर्जा लगायत छन् । गाडी र बरामद सामान भन्सार कार्यालय पठाइएको छ ।प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैय
कैलाली / कैलालीको लम्कीचुहा नगरपालिका –१ मा दुर्घटनापछि भएको प्रदर्शनमा ट्रकमा आगजनी गरेको आरोप लागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । लम्की –१ घर भएका २२ वर्षीय विशाल बटलालाई सोमबार मैतीदेवीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
सङ्खुवासभा / सङ्खुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेको छ ।१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका ९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको हो ।न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मङ्सिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडितले राहत कोषमा २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेको
बाजुरा / बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको मृत्यु भएको छ ।हिमाली –४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृत्यु भएको हो ।चदारका श्रीमान् बिनेले भने, ‘गङ्गा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन्। आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो ।’चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गङ्गा गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ ।जिल्लाका दुर्ग
पाल्पा / पाल्पाको निस्दी गाउँपालिका ७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।सर्दीबाट भुटुके जाँदै गरेको प्र २–० –३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिंदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्ल
बनेपा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन ।नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले भने “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ । ”महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँद
झापा / झापाको मेची नगरपालिका –६ मेचीपुलबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका –१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो (मंलबार) बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डि.सि.लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका डि.सिका साथबाट प्रहरीले २३ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
विराटनगर / सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कोशी गाउँपालिका –२ लौकहरीका ४० वर्षीय मनोज यादव र त्रियुगा नगरपालिका –११ बेल्टारका ४६ वर्षीय कर्ण सुन्दास रहेका छन् । हिजो (बुधबार) बेलुका साढे ३ बजे सुनसरीको कोशी गाउँपालिका –२ लौकहरी स्थित मधुवन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव घाईते भएका थिए । घाइते यादवको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर चालक कोशी गा
त्रिशूली / नुवाकोटको पञ्चकन्या गाउँपालिका– ३ राहुटार का सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।पक्राउ गरेसँगै थापाको शवपरीक्षण पोस्टमार्टम का लागि त्रिशूली अस्पतालमा ल्याइएको छ । बा २ख ६५८७ नं को बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका –१ तलाखुमा शव भेट्टिएको थियो । हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका
हेटौंडा / कोरोना संक्रमणविरुद्ध खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको मंगलबार हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो। उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना संक्रमण हुनुअगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.