समाचार

    Showing 24,801-24,810 of 26,772 items.
  • स्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित एक पक्राउ

    काठमाडौँ / काठमाडौँबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिरोसी खनाल रहेका छन् । दरबारमार्गमा कपडा पसल सञ्चालन गर्दै आएका खनालको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 77 पटक पढिएको
  • लागूऔषध सहित तीन पक्राउ

    विराटनगर / मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे –२ का २४ वर्षीय राजु मोते, उर्लाबारी नगरपालिका –७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चो रहेका छन् । मोतेलाई हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगरको १ नम्बर ढाँटबाट पक्राउ गरेको हो । पक्राउ परेका मोतेको साथबाट प्रहरीले लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ । त्यस्तै मगर र यक्चोलाई हिजो (शनिबार) बेलुका सात बजे दुहबी

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 65 पटक पढिएको
  • सुनसरीमा बस दुर्घटना : एकको मृत्यु, २० घाईते

    सुनसरी / कोशी गाउँपालिका –८ भन्टाबारीमा बस दुर्घटना हुँदा बसका सह–चालकको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपालिका –८ का २६ वर्षीय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरटेक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका –८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 72 पटक पढिएको
  • दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    झापा / झापाको दमकमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –१० की ४९ वर्षीया घनादेबी आचार्य रहेकी छिन् । गत मंसिर १६ गते उनका श्रीमान ४५ वर्षीय राम कुमार लिम्बुले घनादेवीलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाइबाट घाइते भएकी घनादेबीको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।  

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 111 पटक पढिएको
  • बुधबारे जेसिजको अध्यक्षमा मुकेश भट्टराई सर्वसम्मत

    बुद्धशान्ति  / बुधबारे जेसिज २०२२ को अध्यक्षमा मुकेश भट्टराई सर्वसम्मत चयन भएका छन् ।त्यस्तै उपाध्यक्षमा पालिका सन्देशका प्रधान सम्पादक विष्णुप्रसाद लामिछाने बुधबारे जेसिज २०२२ को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा लामिछाने सहित कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका छन् ।२०२१ का अध्यक्ष अनिल वाग्लेको सभापतित्व, बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालको विशिष्ट आतिथ्य रहेको कार्यक्रम &nbs

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 76 पटक पढिएको
  • सुन तोलामा ७०० ले बढ्यो

    काठमाडौं / सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९० हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 64 पटक पढिएको
  • ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

    पर्सा / पर्साको पटेर्वासुगौली गाउँपालिका २ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।बालुवा लोड गरिएको ना५त ४१०८ नम्बरको ट्याक्टरले च्यापिएर पटेर्वा सुगौली २ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 70 पटक पढिएको
  • गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु, राजमार्ग अवरूद्ध

    कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका –२ बाणी स्थित पूर्व – पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर –२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् ।‘ठक्कर दिने गाडीको पहिचान भइसकेको छ’ प्रहरी निरीक्षक बोहराले भने, ‘चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।’स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 74 पटक पढिएको
  • सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

    दमौली, । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन । तनहुँको शुक्लागण्डकी –३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौँदेखि अव्यवस्थित बसोबासका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध छ भने ।मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको बेवास्ताका कारण दुलेगौंडा हर्कपुर मोटरमार्गमा ढि

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 67 पटक पढिएको
  • चौध ग्राम ब्राउनसुगर सहित एक पक्राउ

     झापा / झापामा लागूऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहँदा लागूऔषध कारोबार गर्नेहरूले नयाँ नयाँ उपाय लगाउन थालेका छन् । प्रहरीले झापामा लागूऔषध कारोबार नियन्त्रणका लागि भारतबाट लागूऔषध भित्र्याउन नदिन कडा निगरानी गर्दैआएको छ ।दिनहुँजसो लागूऔषध कारोबारी पक्राउ परिरहेको अवस्थामा प्रहरीको आँखा छल्न कारोबारीहरूले शंका नहोस् भनेर मलद्वारमा लुकाएर समेत लागू औषध ल्याउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिभिन्न खाद्यान्नमा लुकाएर, चुरोटको खोलमा हालेर ल्याउने गरेका लागूऔषध कारोबारीहरूले मलद्वारमा समेत लुकाएर लागूऔषध ल्याउन थालेपछि प्रहरी चकित छन् ।जिल्ला प्रहरी कार्याल

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.