काठमाण्डौं / कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लागू गरिएका जिल्लाको सङ्ख्या आजदेखि ७० पुगेको छ । ७० जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर पूर्ण निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ ।जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।देशभर सङ्
चन्द्रागिरि / चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताएका छन् ।सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र ब
काठमाडौँ / घरमा सहयोगीको रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले ५ वर्ष ३ महिना कैदको सजाय सुनाएको छ । यसअघि ९ महिना जेल बसिसकेका कोइरालाले अब ४ वर्ष ६ महिना जेल जीवन बिताउनुपर्ने भएको छ । बहसका लागि कोइरालाको तर्फबाट भीमार्जुन आचार्य, सुनिल पोखरेल,रञ्जितभक्त प्रधानाङ्ग,ऋषिराम घिमिरेलगायतका कानुन व्यवसायीहरु उच्च अदालत पाटन पुगेका थिए । सरकारी वकिल भने एक्लै थिए । त्यसपछि अदालतका न्यायाधीशद्वय अच्युत बिस्ट र डा।नवराज थपलियाको इजलासले उक्त कैद आदेश दिएको हो ।यसअघि २०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदाल
लमजुङ / जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका व्यक्ति, कलकारखाना, उद्योग र संस्थालाई यस्तो आग्रह गरेको हो ।सङ्क्रमित दिनहुँ बढ्ने क्रममा अक्सिजन जस्तो अत्याश्वक वस्तुको आपूर्ति व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने भएकाले जो सँग जे जति अक्सिजन सिलिन्डर छन् ति सबै प्रशासनमार्फत स्वास्थ्य कार्यालयमा अबिलम्ब बुझाएर सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दोस्रो लहरमा कोरोना सङ्क्रमित दिनहुँ वृद्धि हुन था
महेन्द्रनगर / कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको
काठमाडौँ / नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनि आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताएका छन् । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।
तनहुँ / तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । व्यास–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि नगरपालिका पठाइएकामा प्रतिट्र्याक्टर रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ । त्यस्तै व्यास–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्
तनहुँ / जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर सङ्कलन गरिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बज
म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ । यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ । टाउको र कुम देखिएको अवस्थामा भेटिएको
काठमाडौँ / तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् । आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.