राजविराज / सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको छ ।राजविराजसहित स्थानीयवासीले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई दृष्टिगत गरी जिल्लाको दक्षिण भेगका करीब ३२ कृषकले छुट्टाछुट्टै ठाउँमा स्थानीयस्तरमा खेतमा उत्पादन गरेको तरकारी गाउँगाउँ तथा शहरबजारसम्म पु¥याएर बिक्री वितरण गर्ने कार्य कृषक लागि परेको कृषि प्राविधिक रामकुमार साहले जानकारी दिएका
काठमाडौँ / संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले भने, “परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ, नामबारे लिपिबद्ध भएपछि मात्र औपचारिक प्रक्रियाबाट सार्वजनिक हुनेछ ।” बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको उपस्थिति नभएको पनि बताएका छन् ।
काठमाडौँ / नेपालको आफ्नै भू–उपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भू – उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चारले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।उनका अनुसार भारतको केपिएम
काठमाडौं / अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको बताइएको छ । मृत्यु हुनेमा संखुवासभाको सागर घिमिरे रहेको छन् ।उनीसहित अन्य २ जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ । ६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी समेत मारिएका
मोरङ / आज बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उ
बिर्तामोड / एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन।सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ।सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो। अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ।विज्ञान सम्वाददाता जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर
काठमाडौँ / वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो । सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन् ।आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार
वाग्मती / वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।
कञ्चनपुर / लागुऔषध सहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् । दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.